Successfully Copied

केशको रेखदेख

प्रतिदिन टाउको निहुराएर उल्टोबाट ब्रस गर्ने । उल्टोबाट ब्रस गर्दा टाउकाको रक्त सञ्चारमा मद्दत मिल्छ भने केश सुन्दर तथा स्वस्थ हुन्छ । यदि केश लामो छ भने एक हातले केश समातेर अर्को हातले ब्रस गर्ने । यसो गर्दा केश टुक्रिँदैन ।

केश नारी सौन्दर्यको अभिन्न अंग हो । रुखो एवं कान्तिहीन केशले वास्तविक सौन्दर्य नष्ट गरिदिन्छ । पश्चिमी शैलीमा काटेको केश होस् वा कम्मरसम्मको लामो केश त्यसमा स्वाभाविक चम्किलोपन हुनुपर्छ ।

- हप्तामा एकपटक राम्रोसँग तेल लगाएर आधा घन्टाका लागि छोडिदिने । पछि दुईवटा अण्डा फिटेर औंलाको टुप्पाको सहायताले केशको जरामा लगाउँदै टुप्पोसम्म राम्रोसँग लगाउने । दस मिनेटपछि राम्रो हर्बल स्याम्पुले केश पखाल्ने ।

-    प्रतिदिन टाउको निहुराएर उल्टोबाट ब्रस गर्ने । उल्टोबाट ब्रस गर्दा टाउकाको रक्त सञ्चारमा मद्दत मिल्छ भने केश सुन्दर तथा स्वस्थ हुन्छ । यदि केश लामो छ भने एक हातले केश समातेर अर्को हातले ब्रस गर्ने । यसो गर्दा केश टुक्रिँदैन ।

-    केश चिल्लो छ भने तेल लगाउनु पर्दैन । चिल्लो केश हप्तामा दुईपटक स्याम्पु गर्नुपर्छ । स्याम्पु गर्नुभन्दा पहिले एउटा अण्डाको सेतो भागमा एउटा कागतीको रस मिसाई केशमा दल्ने अनि दस मिनेटपछि धोएर स्याम्पु गर्ने ।

-    हेयर ड्रायर तथा हेयर स्प्रेको बढी प्रयोग नगर्ने । हेयर स्प्रे छालाका लागि हानिकारक हुन्छ ।

-    महिनामा एकपटक करिब एक इन्चजति ट्रिम गर्ने । केशको टुप्पोमा आएको हाँगाले गर्दा केश झर्ने सम्भावना वृद्धि हुन्छ ।

-    केश झरिरहेको छ भने एक चम्चा महमा एक चम्चा ब्रान्डी मिसाएर केशको जरामा औंलाले मालिस गर्ने अनि दस मिनेटजति सुक्न दिएर पछि स्याम्पु गरे केश झर्न कम हुन्छ ।

-    केशमा स्वाभाविक चम्किलोपन ल्याउन अमला तथा सिकाकाई बराबर मात्रामा भिजाएर तयार पारिएको पेस्ट लगाएर स्याम्पु गर्ने ।

-    केश फुलेको छ भने तानेर ननिकाल्ने, जरामा कैंचीले काटिदिने । केश उखल्दा जराबाट निस्कने तरल पदार्थले कालो केशलाई समेत सेतो बनाइदिन्छ ।

-    मेहन्दी केशका लागि राम्रो कन्डिसनर हो–दुई कप मेहन्दी, एक कप दही, दुईवटा अण्डा तथा एक चम्चा हर्बल आयल मिसाएर पेस्ट तयार गर्ने । मेहन्दी लगाउनुअघि पाँच मिनेट टाउकोमा बाफ लिने अनि मेहन्दी लगाउने ।

-    ठूलो निधार भएकाहरूले अगाडिको केशले निधार छोप्न सक्छन् ।

-    अग्ला–पातला युवतीहरूले केश खुल्ला छोडेको राम्रो देखिन्छ तर मोटा युवतीहरू केश खुल्ला छोड्दा अझ मोटा देखिन्छन् ।

-    अति चेप्टो तथा चारपाटे अनुहारमा अति सानो केश सुहाउँदैन । कुमसम्मको स्टेप वा सैगी हेयर स्टाइल सुहाउँछ, जसले अनुहारको कमजोरी छोप्न मद्दत पुर्‍याउँछ ।

-    काममा जाने महिलाहरूले कि त छोटो कि त लामो केश राख्नुपर्छ किनभने त्यसमा सजिलै जुरो बनाउन अथवा बाट्न सकिन्छ ।

-    अधबैंसे महिलाहरूलाई लामो केशको सट्टा कुमसम्म काटेको केश बढी सुहाउँछ ।

 

 Image