जगदम्बा सिमेन्ट, एनसेल, इलेक्ट्रिक स्कुटरलगायतका विज्ञापन उनीद्वारा अभिनीत लोकप्रिय र निकै चलेका विज्ञापन हुन् भने प्रताप दासको स्वरमा रहेको जिन्दगी, अञ्जु पन्तको अधूरो सपना, रमेश पाठकको मायाकै पीर हिट म्युजिक भिडियो हुन् ।
शिला गजुरेल, मोडल
हाल केमा व्यस्त हुनुहुन्छ ?
प्रायः म्युजिक भिडियो सुटिङमै व्यस्त हुन्छु, पढाइतिर पनि ध्यान दिइरहेकी छु ।
यसबाहेक के गर्नुहुन्छ ?
अनामनगरमा रहेको वेब स्टुडियो चलाउँछु । धेरै समय त अहिले एडको सुटमै व्यस्त भइन्छ, पढाइलाई पनि समय छुट्याउने गरेकी छु ।
नेपालमा मोडलिङ क्षेत्रको अवस्था कस्तो छ ?
अहिले सुधार हुँदै गएजस्तो लाग्छ । बजारीकरण सचेतना र प्रविधिले गर्दा पनि होला ।
नेपालमा एक दशकअघिको मोडलिङ क्षेत्र र अहिलेमा के फरक महसुस गर्नुभएको छ ?
पहिले टिम सानो हुन्थ्यो, प्रविधि त्यति धेरै थिएन तर अहिले टिम नै ठूलो हुन्छ । नयाँ–नयाँ प्रविधि भित्रिएका छन् । अहिले काम र अवसर पाउन गाह्रो छैन । पहिले मोडलिङमा कठिनै थियो । महिलालाई त अझ अर्कै दृष्टिकोणले हेरिन्थ्यो तर अहिले त्यस्तो छैन ।
महिलाका लागि यो क्षेत्र कस्तो छ ?
आफूसँग क्षमता, ज्ञान, सीप, धैर्य छ भने महिलाका लागि यो क्षेत्र निकै राम्रो छ । यसमा सीमित समयभित्रै बाँधिएर बस्नुपर्छ भन्ने छैन, स्वतन्त्र रूपमा गर्न सकिन्छ, अवसर धेरै छन् । आम्दानी, नाम र सम्मान सबै छ ।
नेपालमा मोडलिङ क्षेत्रलाई अझ व्यावसायिक र गुणस्तरीय बनाउन के गर्नुपर्छ ?
पहिले सुन्दरता मात्रै हेरिन्थ्यो अहिले क्षमता–दक्षता पनि हेरिन्छ । मुख्यतः ट्यालेन्टलाई प्राथमिकता दिने हो भने यो क्षेत्रमा व्यावसायिकता र गुणस्तर बढ्दै जान्छ जस्तो लाग्छ ।
तपाईंलाई मन परेका पुरुष मोडल ?
बेलायती मोडल जायन मलिक ।
जीवन के रहेछ ?
जीवन अत्यन्तै सुन्दर यात्रा हो । संसारभरका मान्छेले एक–अर्कालाई चिन्न सक्ने प्रविधिको युगमा आइपुगिएको छ । संघर्ष त छ तर रमाइलो पनि उत्तिकै छ ।
आगामी योजना के–कस्ता छन् ?
यही क्षेत्रमा अझै दक्षता बढाउँदै राम्रा काममा आफ्नो क्षमता प्रस्तुत गर्दै जाने योजना छ ।
पाठकलाई सन्देश ?
जीवनका हरेक समय अमूल्य छन् । यसलाई खेर नफालौं ।