हनी गार्लिक चिकेन
यो ‘चाइनिज ओरिएन्टल’ स्वादको प्रसिद्ध खाना हो । यो परिकारका लागि पनि हड्डी नभएको कुखुराको मासु चाहिन्छ । त्यसमा ‘कर्नफ्लोर’, मैदा, नुन, सेतो मरिचको धूलो मोल्ने र करिब ४५ मिनेट ४/५ डिग्रीमा छोपेर राख्नुपर्छ ।
सामग्री : मसरुम २ सय ग्राम, टोम्याटो प्युरी २ चम्चा, ओलिभ आयल १ चम्चा, लसुनको पेस्ट आधा चम्चा, मरिचको धूलो ५ ग्राम, ओरिगानो आधा चम्चा, नुन स्वादअनुसार ।
विधि : मसरुमलाई धोएर पानी निथार्ने । टोम्याटो प्युरी, ओलिभ आयल, लसुनको पेस्ट, कालो मरिच, ओरिगानो तथा नुनको मिश्रण तयार पार्ने । यो मिश्रणमा मसरुमलाई मेरिनेट गर्ने । आधा घन्टापछि मसरुमलाई सिन्कामा उनेर ग्रिल गर्ने ।