मिस युनिभर्स नेपाल २०२३ का २२ अन्तिम प्रतिस्पर्धी सार्वजनिक
‘मिस युनिभर्स नेपाल २०२३’ को फाइनल भदौं २३ गते गोदावरीको कन्फेन्स सेन्टरमा हुने, उमंग क्रियसनका म्यानेजिङ डाइरेक्टर उद्धव अधिकारीले बताए ।
‘मिस एभिएसन क्वीन’ नामको एयरहोस्टेस प्रशिक्षार्थीमा केन्द्रित प्रतियोगिताको यो वर्षको ताज सची पौडेलको सिरमा परेको छ । गत साता राजधानीमा सम्पन्न उक्त प्रतियोगीतामा अन्य १९ प्रतियोगीलाई पछि पार्दै ललितपुरकी पौडेलले शिर्ष ताज जित्न सफल भएकी हुन् ।
प्रतियोगितामा पूनम लिम्बु फस्ट रनर अप, सुमी पोर्टेल सेकेन्ड रनर अप, दिपिका पाठक थर्ड रनर अप तथा नेहा चौधरी फोर्थ रनर अपका रुपमा चयन गरिएका थिए ।
साहारा इन्टरनेसनल एयरहोस्टेस एकेडेमीको सहकार्यमा टच इन्टरटेन्मेन्ट एण्ड स्पर्श फिल्मस्को ब्यानरमा आयोजना भएको सो प्रतियोगितामा १९ जना युवतीहरुको सहभागिता रहेको थियो । प्रतियोगिता एसराज गराच र तेन्जु योञ्जनको संयुक्त कोरियोग्राफीमा सम्पन्न भएको थियो ।