Successfully Copied

मिस युनिभर्स नेपाल २०२३ का २२ अन्तिम प्रतिस्पर्धी सार्वजनिक

‘मिस युनिभर्स नेपाल २०२३’ को फाइनल भदौं २३ गते गोदावरीको कन्फेन्स सेन्टरमा हुने, उमंग क्रियसनका म्यानेजिङ डाइरेक्टर उद्धव अधिकारीले बताए ।


उमंग क्रियसनको आयोजनामा ‘एसियन पेन्ट्स मिस युनिभर्स नेपाल २०२३’ का २२ जना अन्तिम प्रतिस्पर्धी सार्वजनिक भएका छन् । 

राजधानीमा आयोजित एक समारोहका बिच पाँच सय जना प्रतिस्पर्धीमध्ये २२ जना अन्तिम प्रतिस्पर्धीहरू सार्वजनिक भएका हुन् । जसमा देश विदेशमा रहेका नेपाली महिला सुन्दरीको सहभागिता रहेको थियो । २२ जना मध्ये दुईजना विवाहित महिला र एक जना ट्रान्स महिला छन् । 


‘मिस युनिभर्स नेपाल २०२३’ को फाइनल भदौं २३ गते गोदावरीको कन्फेन्स सेन्टरमा हुने, उमंग क्रियसनका म्यानेजिङ डाइरेक्टर उद्धव अधिकारीले बताए ।’ उनले, विभिन्न प्रतिस्पर्धीलाई आत्मविश्वासका साथै सुन्दरीहरूको प्रतिमूर्तिका रूपमा स्थापित हुनका लागि यो उत्कृष्ट अवसर भएको समेत बताए ।

प्रशान्त ताम्राकारले कोरियोग्राफी गरेका थिए । प्रतिस्पर्धीहरूमा प्राप्ति खड्का, सबिना चौधरी, च्यानल श्रेष्ठ, प्रेमा लामगडे, डा. पुजा भगत, रोजिना काफ्ले, गरिमा घिमिरे, पलिष्ट बज्राचार्य, डा. अमिषा बस्नेत, संस्कृति क्षेत्री कार्की, तृष्णा बा“निया, बुद्धसार सुनार, पुजा पौडेल, जेन दीपिका ग्यारेट, मनिता पासवान, सुष्मा आरएल शाही, अभिलाषा लम्साल, एलिस्टा सुवेदी, मौसमी श्रेष्ठको सहभागिता रहेका थिए ।

२२ जना अन्तिम प्रतिस्पर्धीमध्येबाट विजेताले नोभेम्बरमा एलसाल्वा डोरमा हुने हुने मिस युनिभर्समा नेपाललाई प्रतिनिधित्व गर्नेछिन् ।

 Image