Successfully Copied

मिसेस् एशिया इन्टरनेसनलमा परिकल्पना राई

विवाहित महिलाहरुमा केन्द्रित अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘क्लासिक एण्ड मिसेस् एशिया इन्टरनेसनल २०१८’मा नेपालको तर्फबाट परिकल्पना राईको सहभागीता रहने छ ।

विवाहित महिलाहरुमा केन्द्रित अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘क्लासिक एण्ड मिसेस् एशिया इन्टरनेसनल २०१८’मा नेपालको तर्फबाट परिकल्पना राईको सहभागीता रहने छ । परिकल्पनाले उक्त प्रतियोगिता अन्तर्गत ४० वर्ष माथिका विवाहित महिलाहरुको उमेर समूहको विधा क्लासिक मिसेस् एशिया इन्टरनेसनलमा नेपालको तर्फबाट प्रतिस्पर्धा गर्ने छिन् ।

४४ वर्षिया परिकल्पना राई दुई छोरा र एक छोरीकी आमा हुन् । नयाँ बानेश्वर निवासी राईले स्नाकोत्तरसम्मको पढाई पूरा गरेकी छिन् भने उनी दश वर्ष सम्म एम्बेसी अफ डेनमार्कमा भिसा एण्ड कन्सुर अफिसरको रुपमा कार्यरत थिईन् । उनले यस अघि मिसेस् नेपाल इन्टरनेसनल २०१५ को सेकेन्ड रनर अपको ताज समेत उचालिसकेकी छिन् ।

परिकल्पनाको सो प्रतियोगितामा नेपालको तर्फबाट सहभागिताको संयोजन र व्यवस्थापन नेपालका लागि आधिकारिक संस्था ग्रुप अफ इभेन्ट इन्टरटेनर्स, जि.र्इंं.ई.ले गरेको छ भने अन्तर्राष्ट्रिय प्रतियोगिता सम्बन्धी ग्रुमिङ र प्रशिक्षण कोरियोग्राफर रोजिन शाक्यले गरेका छन् ।

 Image