Successfully Copied

यात्रामा निस्कँदा ध्यान दिनुपर्ने कुरा

यात्रामा अकस्मात् चोटपटक लाग्ने, हातगोडा दुख्ने, ज्वरो आउने, रुघाखोकी लाग्ने हुनसक्छ । त्यसैले प्राथमिक उपचारका लागि बेटाडिन, ब्यान्डेज, सिटामोल, भिटामिन सी, सिनारेस्ट, कफ सिरप आदिका साथै पीडा कम गर्ने औषधि अनिवार्य बोक्नुपर्छ । बाहिरको खानाले स्वास्थ्यमा असर पार्ने हुँदा ग्यास्ट्राइटिसको समस्या कम गर्ने

यात्रामा निस्कनुअघि कहाँ र कति समय घुम्ने पूर्वयोजना बनाउनुपर्छ । लामो यात्रामा भरसक एक्लै निस्कनु हुँदैन । आफू यात्रामा निस्कने भौगोलिक क्षेत्र तथा मौसमको जानकारी लिनुपर्छ अनि त्यसैलाई आधार मानी व्यवस्थित रूपमा यात्रामा निस्कनु उपयुक्त हुन्छ । जति लामो समयको यात्रा गर्ने हो त्यति नै व्यवस्थित हुनुपर्छ । घुमघाम गर्ने ठाउँको खाना एवं बस्ने व्यवस्थासम्बन्धी जानकारी पहिले नै लिनुपर्छ र सोहीअनुसार आफूले बोक्ने सामग्री व्यवस्थापन गर्नुपर्छ ।

प्राथमिक उपचार सामग्री

यात्रामा अकस्मात् चोटपटक लाग्ने, हातगोडा दुख्ने, ज्वरो आउने, रुघाखोकी लाग्ने हुनसक्छ । त्यसैले प्राथमिक उपचारका लागि बेटाडिन, ब्यान्डेज, सिटामोल, भिटामिन सी, सिनारेस्ट, कफ सिरप आदिका साथै पीडा कम गर्ने औषधि अनिवार्य बोक्नुपर्छ । बाहिरको खानाले स्वास्थ्यमा असर पार्ने हुँदा ग्यास्ट्राइटिसको समस्या कम गर्ने औषधि, पुनर्जलीय झोलको प्याकेट आदि साथमा राख्नुपर्छ । कुनै दीर्घ रोग भएकाहरूले नियमित सेवन गर्ने औषधि अनिवार्य रूपमा साथमा राख्नुपर्छ ।

पहिरन

घुम्न निस्कनेहरूले ठाउँ हेरी न्याना पहिरनको प्रबन्ध गर्नुपर्छ भने दह्रो साथ हिँड्न सहज हुने जुत्ताको व्यवस्था गर्नुपर्छ । घुमघाममा निस्कँदा विशेष गरी स्पोर्ट्स जुत्ता तथा ट्रयाकसुटका साथै हल्का तर न्याना ज्याकेट बोक्नु उपयुक्त हुन्छ ।

ड्राइफुड

घुम्ने ठाउँ सधै एकनासको नहुन सक्छ । घुम्न गएको ठाउँमा कुनै समस्याले गर्दा कहिलेकाहीँ खानपानको व्यवस्था नहुन सक्छ । त्यस्तो अवस्थाका लागि हल्का ड्राइफुड आफैले बोक्नुपर्छ ताकि कम्तीमा पनि दुई छाक केही खान नपाउँदा पनि आफैले बोकेको चीजले थेग्न सकियोस् ।

यात्रा टिप्स

सजिला पहिरन छनोट गर्नुपर्छ । गरगहना तथा फर्मल वेयर सकेसम्म बोक्नु हुँदैन । धेरै गरगहना बोक्दा हराउने डर हुन्छ भने फर्मल वेयर यात्रामा खासै प्रयोग गरिँदैन ।

यात्रा जति लामो हुन्छ झोलाको संख्या त्यति नै घटाउनु उचित हुन्छ । धेरै झोला बोक्दा झन्झट पनि उत्तिकै हुन्छ ।

कुन ठाउँको भ्रमणमा जाने हो सोहीअनुसार बजेट बनाउनुपर्छ । यात्राका क्रममा खर्च सकिएर कठिन हुन सक्छ ।

बसबाट लामो यात्रा गर्दै हुनुहुन्छ भने घरमै केही खानेकुुरा बनाएर बोक्न सकिन्छ । बाटोमा पाइने खानाले स्वास्थ्य बिगार्न सक्छ ।

बसमा यात्रा गर्दा बान्ता हुने अथवा स्वास्थ्यसम्बन्धी अरु कुनै समस्या उत्पन्न हुने सम्भावना छ भने आवश्यक औषधि साथमा राख्नुपर्छ ।

 Image