Successfully Copied

फिटनेस मन्त्र

हामीले देख्दा जिरो फिगरमा देखिनेहरू पनि स्वास्थ्यका हिसाबले फिजिकल्ली फिट नहुन सक्छन् । शारीरिक तथा मानसिक स्वास्थ्यलाई फिट राख्नु नै फिटनेस हो ।

 

–अहिले खानपानलगायत बाहिरी प्रदूषण र पछिल्लो समयमा पत्ता लागेका विभिन्न रोगका कारण हाम्रो शरीर मोटो हुने मात्र होइन स्वस्थ रहन पनि कठिन छ ।

–फिटनेस भन्नेबित्तिकै स्लिम हुनका लागि मात्र भन्ने हामी नेपालीको धारणा छ ।

–अब यो सोचमा परिवर्तन ल्याउनुपर्नेे बेला भएको छ । फिटनेस भनेको सबै दृष्टिकोणले स्वस्थ शरीर भन्ने बुझ्नु जरुरी छ ।

–फिजिकल फिटनेस मुख्यत: खानपान, वातावरण तथा व्यायामसँग जोडिएर आउने कुरा हो ।

–हामीले देख्दा जिरो फिगरमा देखिनेहरू पनि स्वास्थ्यका हिसाबले फिजिकल्ली फिट नहुन सक्छन् । शारीरिक तथा मानसिक स्वास्थ्यलाई फिट राख्नु नै फिटनेस हो ।

–यसका लागि फिटनेस सेन्टर त छ नै त्यसबाहेक घरमै पनि विभिन्न क्रियाकलाप गर्न सकिन्छ ।

–स्वस्थ र सफा खाना मात्रा मिलाएर खाइयो, तरल पदार्थ प्रशस्त उपभोग गरियो तथा शारीरिक व्यायाममा ध्यान दिइयो भने सुन्दर एवं स्वस्थ रहन सकिन्छ ।

–अहिले स्वास्थ्यभन्दा पनि सुन्दरताका लागि फिटनेस सेन्टर धाउने चलन छ । यद्यपि हेभी व्यायाम गरेर केही नखाई बसियो भने स्वास्थ्यमा हानि पुग्छ ।

–फिजिकल्ली फिट हुन व्यायाम जरुरी छ तर शरीरलाई पुग्ने मात्रामा खाएर ।

   

–व्यायामअघि पेट भर्नुहुँदैन भने खाना खाँदा थोरै तर छोटो समयको अन्तरालमा खाइरहनुपर्छ ।

                                         - इन्स्ट्रक्टर तथा सञ्चालक सेभ लाइफ फिटनेस

 Image