Successfully Copied

हिट हिरो : खगेन्द्र

गाउँबाट लेखक बन्छु, पुस्तक निकाल्छु भन्ने सपना साँचेर काठमाडौं आएका खगेन्द्र अहिलेका हिट हिरो मानिन्छन् । थिएटरबाट चलचित्रमा आएका खगेन्द्र सपनामा पनि नसोचेको कुरा भएकोमा कहिलेकाहीँ आफै आश्चर्यचकित हुन्छन् ।

अहिले अग्लो, गोरो एवं सुन्दर व्यक्ति नै नायक हुनसक्छ भन्ने सोच हट्दैछ । केही वर्षयता हिरोको आकृतिमा सुन्दर रूपभन्दा अभिनय जोडिन थालेको छ । सौगात मल्ल, दयाहाङ राई, निश्चल बस्नेत, खगेन्द्र लामिछाने दर्शकहरूबाट रुचाइएका हिरो हुन् । उनीहरू आकर्षक भन्दा पनि अभिनय कलाकै कारण हिरो भएका हुन् ।

गाउँबाट लेखक बन्छु, पुस्तक निकाल्छु भन्ने सपना साँचेर काठमाडौं आएका खगेन्द्र अहिलेका हिट हिरो मानिन्छन् । थिएटरबाट चलचित्रमा आएका खगेन्द्र सपनामा पनि नसोचेको कुरा भएकोमा कहिलेकाहीँ आफै आश्चर्यचकित हुन्छन् । नाटक गर्दागर्दै अब यसरी जीवन चल्दैन, अभिनय छाड्छु भन्ने मनस्थिति बनाइरहेका बेला सुनील पोखरेलले एउटा महोत्सवमा भाग लिन गाली गर्नु नै उनको जीवनको सबैभन्दा ठूलो उपलब्धि भएको छ ।

महोत्सवमा पीडा गीत नामक सोलो परफर्मेन्स धेरै रुचाइएपछि उनी एकाएक सबैको नजरमा परे । सरल स्वभावका खगेन्द्र जति सशक्त लेखक हुन्, उत्तिकै सशक्त कलाकार पनि हुन् । उनले अभिनय गरेका सबै चलचित्र दर्शकहरूले उत्तिकै रुचाएका छन् । बधशालाबाट चलचित्रमा डेब्यु गरेका खगेन्द्रले आफैले लेखेको टलकजंग भर्सेज टुल्के पनि उत्तिकै राम्रो चलचित्र हो । पशुपतिप्रसाद र धनपतिमा अभिनय गरेका खगेन्द्रको डमरुको डन्डिबियो पनि धेरैले मन पराए । उनका चलचित्र यथार्थतामा आधारित हुन्छन् । जय भोले र गोपी खगेन्द्रका यही वर्ष प्रदर्शनमा आउने चलचित्र हुन् ।

 Image