प्रतिभा प्रस्तुत गर्दै मिस नेवाः ११४५ का प्रतिस्पर्धी
नेप्लीज फेसन होमले आयोजना गरिरहेको १८औं संस्करणको मिस नेवाः ११४५ का २० जना प्रतिस्पर्धिहरुले राजधानीमा आयोजित ट्यालेन्ट शो कार्यक्रममा आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए ।

मिस नेपाल–२०१७ निकिता चण्डक आफ्नो कार्यकाल सकिएको केही दिनमै चलचित्रमा अनुबन्धित भइन् । उनी चलचित्र रानी महलबाट डेब्यु गर्दैछिन् । भारतमा मोडलिङ गर्दादेखि नै चलचित्रमा अभिनय गर्न चाहने निकिता यसरी अचानक नेपाली चलचित्रबाट डेब्यु गरिहाल्ने सोचमा भने थिइनन् । राम्रो कथा र चरित्रले गर्दा काम गरिहालेको बताउने निकिताको सपना नेपाली चलचित्रमा छुट्टै छवि बनाउने छ ।
मिस नेपाल हुँदा नै उनलाई थुप्रै चलचित्रबाट अफर आएका थिए । पहिलो चलचित्रको रेस्पोन्सपछि मात्र अरू चलचित्रमा काम गर्ने सोच निकिताको छ । बलिउडकी नायिका दीपिका पादुकोणजस्तै भन्ने कमेन्ट सुन्दासुन्दै आफूमा नायिका हुन सक्छु भन्ने विश्वास पलाएको उनी बताउँछिन् । निकिता भन्छिन्–यदि भोलि बलिउडमा नायिकाका रूपमा देखा परें भने पनि अचम्म हुने छैन किनभने मेरो सपना धेरै टाढाको छ ।