Successfully Copied

2074 सालमा नारीको आवरण

ठमेल बजार गीतको नृत्यमार्फत धेरैको रोजाइमा परेकी नायिका एलिसा राई फेसन डिजाइनर तेन्जिङले डिजाइन गरेको रेड गाउन तथा रज्जुको मेकअपमा साउन महिनाको आवरणमा प्रस्तुत भएकी थिइन् । भदौको तीज विशेष अंकमा नायिका सञ्चिता लुईंटेल तथा स्वस्तिमा खड्का फेस्टिभ मुडमा देखा परे ।

नारीको वैशाख महिनाको अंकमा युवापुस्ताकी लोकप्रिय कभरसँग गायिका त्रिशाला गुरुङ तथा मोडल अश्लेषा आर एल राणा आवरण पृष्ठमा सजिएका थिए । कभर गायनमार्फत युट्युब पुस्ताबीच लोकप्रिय त्रिशाला तथा अश्लेषाको आवरण कुल देखिएको थियो जसमा फेसन डिजाइनर रुना मानन्धरले कलरफुल कम्बिनेसनमा तयार पारेको पहिरनमा मेकअप आर्टिस्ट तथा हेयर स्टाइलिस्ट संगीता प्रधानले मेकओभर गरिदिएकी थिइन् । वैशाखको उक्त आवरण सानेपास्थित इन्टरनेसनल क्लबमा खिचिएको थियो ।

 नारीको जेठ महिनाको आवरणमा भर्खरै सम्पन्न मिस नेपाल निकिता चण्डक प्रस्तुत भएकी थिइन् । होटल अन्नपूर्णमा गरिएको उक्त फोटोसुटका लागि मेकअप आर्टिस्ट श्रद्धा मास्केले निकिताको मेकअप तथा हेयर स्टाइल बनाइदिएकी थिइन् भने फेसन डिजाइनर सुष्मा सिंहले डिजाइन गरेको पहिरनमा उनी कुल देखिएकी थिइन् । किंगफिसर सुपर मोडल–२ की विजेता आस्था पोखरेल असारको आवरण बनेकी थिइन् । आस्थाको उक्त फोटोसुट उमा नेमकुलको पहिरन तथा मेकअप आर्टिस्ट श्रद्धा मास्केको मेकअपमा हेरिटेज गार्डेनमा सम्पन्न गरिएको थियो ।

ठमेल बजार गीतको नृत्यमार्फत धेरैको रोजाइमा परेकी नायिका एलिसा राई फेसन डिजाइनर तेन्जिङले डिजाइन गरेको रेड गाउन तथा रज्जुको मेकअपमा साउन महिनाको आवरणमा प्रस्तुत भएकी थिइन् । भदौको तीज विशेष अंकमा नायिका सञ्चिता लुईंटेल तथा स्वस्तिमा खड्का फेस्टिभ मुडमा देखा परे । पशुपति मन्दिर क्षेत्रमा खिचिएको उक्त तस्बिरमा सविना महर्जनको पहिरन तथा रुश्का वैद्य श्रेष्ठको मेकअप थियो । एल्लो र ग्रिनको कम्बिनेसनमा तयार पारिएको उक्त पहिरन चाडपर्वमा फरक रंगको प्रयोगको ट्रेन्डअनुरूप संयोजन गरिएको थियो ।

दसैं रमाइलो गर्ने र घुम्ने समय भएकाले सोही कन्सेप्टमा नायिका दीपिका प्रसाईं फेस्टिभ लुक्समा देखापरिन् असोज महिनाको नारीमा । रिमा शाक्यको मेकअप तथा हेयर स्टाइलमा पिजेडको पहिरनमा दीपिका आकर्षक देखिएकी थिइन् ।

कार्तिक महिनाको नारीमा नायिका शिल्पा मास्के तथा मिस नेपाल इन्टरनेसनल, मोडल, भिजे तथा नायिका शुभेच्छा खड्का कासाको डिजाइनर क्याजुअल वेयरमा देखापरे । बबरमहल रिभिजिटेडमा सुट गरिएको उक्त आवरणका लागि श्रद्धा मास्केले मेकअप तथा हेयर स्टाइलको जिम्मा लिएकी थिइन् । उनीहरूको पहिरन तथा स्टाइललाई धेरैले रुचाएका थिए । मंसिर महिनाको नारीको आवरणमा चर्चित नायिका प्रियंका कार्की प्रस्तुत भइन् । स्वर्णिम राईको पहिरनमा उनको फोटोसुट गोदावरीमा गरिएको थियो । पुस महिनाको नारीमा केही फरकपन दिने प्रयासका साथ नायिका नम्रता श्रेष्ठको फेस मेकअपलाई हाइलाइट गरिएको थियो । त्यसको मेकअप अम्मु रुचालले गरेकी थिइन् भने फोटोसुट डाइनिङ पार्कमा सम्पन्न गरिएको थियो ।

विवाहको मौसमलाई ध्यानमा राखेर माघ महिनाको नारीमा नायिका श्वेता खड्का दुलहीको पहिरनमा आवरणमा सजिइन् जसमा हिन्दू महिलाहरूले प्रयोग गर्ने रातो भेल्भेटमा ह्यान्ड वर्क लेहेंगा र पुराना शैलीका डिजाइन र चोली प्रमुख आकर्षण थिए भने श्वेताले फ्युजन टच भएको मंगोलियन ज्वेलरी लगाएकी थिइन् । ड्रिम वेयरको पहिरन, बराह ज्वेलर्सका गहना तथा पूनम ब्युटी क्लबको मेकअपको उक्त संयोजन आकर्षक देखिएको थियो । उक्त अंकको फोटोसुट शेर्पा मलस्थित आज्जु ग्यालरीमा गरिएको हो ।

गर्मीको आगमनलाई मध्यनजर गर्दै फागुन महिनाको अंकमा कासाको डिजाइन र वन पिसमा माल्भिका कुल लुक्समा प्रस्तुत भइन् । त्यसमा श्रद्धा मास्केको मेकअप तथा हेयर स्टाइल थियो । त्यस्तै चैतमा नायिका केकी अधिकारी कलरफुल स्कर्टमा फ्लावरी लुक्समा प्रस्तुत भइन् । काया द ब्युटी स्पटको मेकअप तथा पिंकोको पहिरनमा केकीको फोटोसुट अगेना रेस्टुरेन्ट, धोबीघाटमा गरिएको थियो ।

बाह्र महिनाको आवरण

१. त्रिशाला गुरूङ तथा अश्लेषा आर एल राणा

२. निकिता चण्डक

३. आस्था पोखरेल

४. एलिसा राई

५. सञ्चिता लुईंटेल तथा स्वस्तिमा खड्का

६. दीपिका प्रसाईं

७. शुभेच्छा खड्का तथा शिल्पा मास्के

८. नम्रता श्रेष्ठ

९. प्रियंका कार्की

१०. श्वेता खड्का

११. माल्भिका सुब्बा

१२. केकी अधिकारी

 Image