Successfully Copied

नाट्यकर्मी आकांक्षा

नाटक योनीका कथाहरूमा महिलाको यौन अधिकार, स्वतन्त्रताको समस्या, यौन तथा प्रजनन् स्वास्थ्य एवं यौन हिंसाविरुद्धको आवाज समेटिएको छ । विश्वभरका १ सय ४० देशका अनेकौं सहरमा मञ्चन हुने यो नाटक ४९ भाषामा अनुवाद भएको छ । नेपालमा भने यसको निर्देशन आकांक्षा तथा उनकी

जुनसुकै क्षेत्रमा पहिलो बन्ने होडबाजी चल्छ । यद्यपि कतिपयलाई आफू के–का लागि यस्तो दौडमा छु भन्नेसमेत थाहा हुँदैन । आफूले भारतमा अध्ययन गर्ने क्रममा अनुभूति गरेको मानिसबीचको खिचातानी लाइन नाटकको विषयवस्तुसँग मिलेको आकांक्षा बताउँछिन् । यही कारणले उनले योनीका कथा, लाइनजस्ता नाटक नेपाली भाषामा अनुवाद गरेकी हुन् ।

नाटक योनीका कथाहरूमा महिलाको यौन अधिकार, स्वतन्त्रताको समस्या, यौन तथा प्रजनन् स्वास्थ्य एवं यौन हिंसाविरुद्धको आवाज समेटिएको छ । विश्वभरका १ सय ४० देशका अनेकौं सहरमा मञ्चन हुने यो नाटक ४९ भाषामा अनुवाद भएको छ । नेपालमा भने यसको निर्देशन आकांक्षा तथा उनकी साथी गुञ्जनले संयुक्त रूपमा गरेका हुन् ।

भारतको बैङ्लोरबाट मनोविज्ञानमा स्नातकोत्तर आकांक्षा थिएटर तथा मनोविज्ञान एक–अर्काको परिपूरक भएको बताउँछिन् । मनोविज्ञान बुझेर गरिएको अभिनय सशक्त हुने उनको धारणा छ । महिला सशक्तीकरणका लागि समाजको तल्लो तहबाटै आवाज उठाउनुपर्ने धारणा राख्ने आकांक्षा नाटकमा अभिनय एवं निर्देशन गर्दा आफूलाई छुट्टै आनन्द प्राप्त हुने कुरा बताउँछिन् ।

 Image