Successfully Copied

संगीतको फरक धारमा

गायिका मीना निरौला अलि फरक धारको गायनबाट चर्चामा आइन् । लामो समय संगीत साधना गरेकी मीना ‘लैजाऊ घुमाउन मलाई ट्याक्सी चढाउँदै’ गीतबाट चर्चामा आएकी हुन् । अहिले मीना फरक धारको पाश्र्वगायनमा व्यस्त छिन् । उनको गलामा गम्भीर तथा लोकलयका गीत निकै सुहाउँछन् तर

कुनै समय नेपाली चलचित्रको पाश्र्वगायनमा गायिका अञ्जु पन्तको विकल्पका रूपमा कुनै गायिका थिएनन् तर चलचित्र नाईं नभन्नु ल–३ का लागि गायिका मेलिना राईले गाएको ‘कम्मरमाथि पटुकी’ गीत यसरी चर्चामा आयो कि त्यसपछि धेरै चलचित्रको पाश्र्वगायनमा मेलिनाको माग बढ्यो । हुन त उनीसँग काम गरेका अधिकांश कलाकार मेलिनाको संस्कारका कारण पनि उनलाई माथि आउन मद्दत गरेको बताउँछन् ।

त्यही समयताका अर्की गायिका मीना निरौला अलि फरक धारको गायनबाट चर्चामा आइन् । लामो समय संगीत साधना गरेकी मीना ‘लैजाऊ घुमाउन मलाई ट्याक्सी चढाउँदै’ गीतबाट चर्चामा आएकी हुन् । अहिले मीना फरक धारको पाश्र्वगायनमा व्यस्त छिन् । उनको गलामा गम्भीर तथा लोकलयका गीत निकै सुहाउँछन् तर मीना सुगमभन्दा अलि फरक धारका गीत स्थापित छिन् ।

लामो समयदेखि लोक–पप शैलीका गीत गाएर गायिका ज्योति मगर चर्चामा छिन् । उनको त गायकी मात्र होइन फेसनका कारण पनि निरन्तर चर्चा हुने गरेको छ । ज्योतिको नाम आउनेबित्तिकै दर्शक तथा श्रोताले अञ्जु पन्तको धारका गायिकाबाट भन्दा फरकपनकै अपेक्षा गरेका हुन्छन् । त्यहीअनुसार आफूलाई ढाल्दै लगेकी गायिका मगर कहिले चर्चा त कहिले विवादमा तानिइरहन्छिन् ।

लगभग ज्योतिकै बाटोबाट अहिले चर्चामा आएकी अर्की गायिका हुन्–सरस्वती लामा । पप गायनमा केही पृथकतासहित सांगीतिक बजारमा आएकी सरस्वतीले पनि चर्चामा आउन छोटा पहिरनको सहारा लिइन् । पपगायनमा राम्रो सम्भावना हुँदाहुँदै उनी अहिले विभिन्न स्टेजमा छोटा पहिरनका कारण चर्चामा छिन् । यद्यपि उनले त्यो बाटो त्यागेर गायनलाई नै अँगाल्ने हो भने गायनमा उनको अलग्गै स्थान बन्नसक्ने संगीतका जानकारहरू बताउँछन् ।पप गायनबाट चर्चामा आएकी अर्की गायिका हुन्–आस्था राउत । पप गायिकाका रूपमा सफल गायिकाको पहिचान बनाएकी यी गायिकाले ‘चौबन्दीमा पटुकी बाँध्या छैन भन्दैमा’, ‘सालको पात टपरी गाँसेर’ जस्ता चर्चित गीत गाएकी छिन् ।

ज्योति, मेलिना, मीना, सरस्वती एवं आस्था राउत आदि त पछिल्लो समयका प्रतिनिधि पात्र मात्र हुन् । अहिलेका हरेकजसो युवा–युवती अरूभन्दा फरक शैलीमा प्रस्तुत हुु्न चाहन्छन् । हिजोको सांगीतिक बजार सीमित भएका कारण पनि प्राय: गीत लोक शैलीमा एकै प्रकारका वाद्यसामग्री प्रयोग गरेर निर्माण गरिन्थे । अहिले संगीतमा समेत पृथकता ल्याउने प्रयास संगीत क्षेत्रमा हुने गरेको छ । अहिलेको पुस्ता युट्युबका माध्यमबाट विश्वको संगीत घरमै बसेर हेर्छ । त्यसले गर्दा पनि पछिल्लो समयको गीत–संगीतमा फरकपन पाइन्छ ।

 Image