‘शिल्पाञ्जलि’ प्रदर्शन
काठमाडौंस्थित नेपाल आर्ट काउन्सिलमा हालै सपना खरेलको ‘शिल्पाञ्जलि’ कला प्रदर्शनी भयो । प्रदर्शनीमा उनले जापानी शैलीअनुसार पुष्प सजावट गर्ने कला प्रस्तुत गरिन् । प्रदर्शनीमा‘ओसिबाना’ र ‘चिगिरी–ई’ अन्तर्गतका कला राखिएको थियो ।
स्वरबाट चलचित्र क्षेत्रमा प्रवेश गरेकी नायिका बेनिशा हमालको करिअरलाई लामो समयपछि चलचित्र झ्यानाकुटीले उचाइमा पुर्यायो । धेरैले उक्त चलचित्रमा मालतीका रूपमा वेनीशालाई मन पराए । चलचित्रमा उनको संवाद शैली एवं गेटअपले दर्शकको मन मात्र पगालेन, उक्त कुरा उनको करिअरकै टर्निङ प्वाइन्ट साबित भयो ।
अब वेनीशा दृष्टिविहीन सृष्टि केसीको बायोपिक चलचित्र ब्लाइन्ड रक्समा प्रस्तुत हुँदैछिन् । उनले यसका लागि केही समय सृष्टि र उनको परिवारसँग समय बिताई आफूलाई सृष्टिकै प्रतिरूपमा उतार्न मेहनत गरेको बताएकी छिन् । वेनीशा भन्छिन्–च्यालेन्जिङ क्यारेक्टरमा प्रस्तुत हुँदा मज्जा लाग्छ । पुराना नायिकाहरू हराउँदै गएको अवस्थामा वेनीशा भने चलचित्र क्षेत्रमा आफ्नो छवि अझ चम्काउने तयारीमा छिन् ।