बगान चलचित्र मेरो जीवनमा शतप्रतिशत मेल खान्छ -करिश्मा मानन्धर
बगानमा सृष्टिकर्ता मानिने समाजको महत्वपूर्ण पात्र ‘आमा’ को भूमिका निर्वाह गरेकी छु । निक्कै मेहनतका साथ पात्रमा अत्यन्त डुबेर काम गरेकी छु ।
सानैदेखि नायिका हुने सपना पालेकी सृष्टि खड्का सिकेर, बुझेर चलचित्रमा आउने योजनामा छिन् । राजेश पायल राई, प्रमोद खरेल, मेलिना राई आदिका २५ वटा म्युजिक भिडियोमा अभिनय गरिसकेकी सृष्टि अहिले गुरुकुलमा सुनील पोखरेलसँग अभिनय सिक्दैछिन् ।
धेरै अफर आए पनि अभिनय, डान्स, फाइट सबै विषयमा ज्ञान लिएपछि मात्र काममा हात हाल्ने सोच बनाएकी सृष्टिले नेपाली चलचित्रमै काम गर्दै दर्शकहरूमाझ रहने कुरा बताइन् । प्रियंका कार्की तथा प्रदीप खड्काको अभिनयबाट प्रभावित सृष्टि भन्छिन्–‘म नायिकामा हुनुपर्ने सबै गुण आफूमा विकसित गरेपछि मात्र चलचित्रमा आउँछु । म रहरले आएर हराउने नायिका बन्न चाहन्न ।’