विषाक्त खाद्यले घरपालुवालाई समस्या
चकलेटमा ‘थियोब्रामाइन’ नामक पदार्थ हुन्छ, जुन कुकुरले मानिसले जस्तै सजिलै मेटोबोलाइज गर्न सक्दैनन् । यसले कुकुरको मुटु, रक्तनली, फोक्सो र केन्द्रीय प्रणालीलाई नै असर गर्छ र छारे रोगको जस्तो लक्षण देखाउँछ ।
मूर्तिकलातिर आकर्षण कसरी भयो ?
बाल्यकालमा पेपरका मूर्ति बनाउँथें । ६–७ वर्षकै उमेरतिर इट्टामा लाइन वर्क गर्ने, चित्रहरू राम्रो कोर्थें । मन्दिरअगाडि माटोको शिवलिङ्ग बनाइराख्दा पूजा गर्न तथा पाला चढाउन थालेपछि मूर्ति कलाप्रति आकर्षण बढेको हो । स्कुल पढ्दा नै म पेन्टिङ बेच्थें । अरूसँग ५–१० रुपैंयाँ हुने बेला मसँग ३–४ सय हुन्थ्यो । साँच्चै भन्नुपर्दा आर्थिक लाभले मेरो सिर्जनशीलता जगाइराख्यो ।
तपाईंले बनाएका मूर्तिका पारखीहरू कस्ता छन् ?
मूर्तिको सौख भनेको महँगो सौखमा पर्छ । अहिले साधारण व्यक्तिहरू पनि एउटा भए पनि मूर्ति घरमा राखेर रिच लुक दिऊँ भन्ने सोच विकास भएको देख्छु । अहिले नेपालबाहेक भारत, चीन तथा अमेरिकामा मेरा कलेक्सन बढी बिक्री भएका छन् ।
तपाईं बढी केमा फोकस भएर मूर्ति बनाउनुहुन्छ ?
लाइफ स्टोरी, अस्तित्व हुने मूर्ति र पब्लिक डिमान्डमा ध्यान दिएर ।