Successfully Copied

कन्चनको उपलब्धि

उनले राष्ट्रपति भवन ह्वाइट हाउसको कार्यालयमा भएको विज्ञान तथा प्रविधि नीति विषयक गोष्ठीमा प्रस्तुतिसमेत दिइसकेकी छिन् । अमात्यले राष्ट्रसंघमा सबैभन्दा युवा महिला प्रतिनिधिको श्रेयसमेत पाएकी छिन् भने राष्ट्रसंघको साधारण सभामा वक्ता बनेर झन्डै ३५ लाख जनसंख्याको प्रतिनिधित्व गर्दै बोल्ने अवसर प्राप्त गरेकी छिन्

कन्चन अमात्य अमेरिकाका पूर्वराष्ट्रपति बिल क्लिन्टनद्वारा संचालित क्लिन्टन फाउन्डेसनले प्रेसिडेन्सिएल क्लिन्टन ग्लोबल इनिसिएटिव अनर रोल अवार्ड–२०१७ द्वारा सम्मानित नेपाली चेली हुन् । उक्त सम्मान अमेरिकाको म्यासाचुसेट्स राज्यको बोस्टनमा फाउन्डेसनको १० औँ वार्षिक उत्सवमा गरिएको हो ।

उक्त उत्सवमा ९० देशका झन्डै १ हजार ५ सय नेतृत्वकर्ता भेला भएका थिए । ललितपुर पाटन घर भए पनि हाल अमेरिकामा बसोबास गर्दै आएकी अमात्यले अमेरिकी कांग्रेसमा युवा तथा बालबालिकाको हित एवं अमेरिकी संसद् प्रतिनिधिसभा तथा अमेरिकन कांग्रेससमेत जिम्मेवारी पाएकी थिइन् ।

उनले राष्ट्रपति भवन ह्वाइट हाउसको कार्यालयमा भएको विज्ञान तथा प्रविधि नीति विषयक गोष्ठीमा प्रस्तुतिसमेत दिइसकेकी छिन् । अमात्यले राष्ट्रसंघमा सबैभन्दा युवा महिला प्रतिनिधिको श्रेयसमेत पाएकी छिन् भने राष्ट्रसंघको साधारण सभामा वक्ता बनेर झन्डै ३५ लाख जनसंख्याको प्रतिनिधित्व गर्दै बोल्ने अवसर प्राप्त गरेकी छिन् ।

अमात्यलाई हालसालै २०१७ एभ्रीडे योङ हिरो अवार्डद्वारा समेत पुरस्कृत गरिएको छ । उक्त पुरस्कार प्राप्त गर्ने २५ वर्षमुनिका १ सय जनामध्ये उनी एक हुन् । अमात्यले डिसेम्बर ४ मा वासिङ्टन डिसीमा सम्पन्न विश्व बैंक युवा सम्मेलनमा नेपालको प्रतिनिधित्व गरेकी थिइन्् ।

 Image