कस्मेटिक गाइनेकोलोजी भनेको के हो ?
कस्मेटिक स्त्री रोग विज्ञानको उद्देश्य दृष्टिकोण वा प्रक्रियामा सुधार गर्नको लागि हो । धेरै अवस्थामा दुवै लक्ष्यहरु एक साथ पुरा हुन्छन् । यी सर्जिकल तथा नन–सर्जिकल प्रक्रियाहरुले सुधार गर्न सकिन्छ ।

मेरो योनिबाट दुर्गन्धित सेतो पानी बगिरहन्छ, यसको उपचार के होला ?
सेतो पानी बग्ने तथा योनिमार्ग चिलचिलाउने समस्या धेरैमा हुन्छ । कसै–कसैमा यो समस्या पटक–पटक दोहरिइन्छ । सामान्यत: ट्राइकोमोनास भनिने जीवाणुले योनिमार्गमा गरेको संक्रमणले यस्तो समस्या सिर्जना गर्छ ।
त्यसबाहेक योनिमार्गमा फन्जाई तथा अन्य ब्यक्टेरियाको संक्रमणले पनि सेतो पानी बग्ने, चिलाउने आदि हुन सक्छ । यस्तो समस्या भए विवाहित महिलासंगै श्रीमान्ले पनि केहि औषधि सेवन गर्नुपर्ने हुन्छ ।
यस्ता समस्याका लागि सरसफाइमा पर्याप्त ध्यान पुर्याउनुपर्छ र सफा तथा नरम अण्डरगार्मेन्ट प्रयोग गर्नुपर्छ ।
- डा. बाल कृष्ण शाह
स्त्री तथा प्रसूति रोग विशेषज्ञ,
मोरङ सहकारी अस्पताल