फेसन शिक्षाप्रति बढ्दो आकर्षण
मैले बुझेअनुसार अन्य संकाय (फ्याकल्टी) पढेर पनि फेसन शिक्षा पढ्न आउनेहरू छन् । यो शिक्षाको बजार बिस्तारित हुँदै गएको छ ।

गायिका सुजता केसीले तिहारको गीत सार्वजनिक गरेकी छिन् । दीपक शर्माको शब्द संगीत रहेको उक्त गीतको म्यूजिक भिडियो समेत सार्वजनिक भएको छ ।
तीजका गीत गाएर सांगीतिक बजारमा आएकी सुजताले केही एल्वम तथा चलचित्रका गीतमा समेत आफ्नो स्वर भरीसकेकी छिन् । यसपाली भने उनले संगीतकार दीपक शर्मासँगको सहकार्यमा ‘यसपालीको तिहार’ बोलको गीत सार्वजनिक गरेकी हुन् ।
नरेन्द्र वियोगीको संगीत संयोजन रहेको गीतको म्यूजिक भिडियो निर्देशन भने दीपक रमणले गरेका छन् । एक चलचित्रमा अभिनय समेत गरिसकेकी सुजता आफैं गीतको म्यूजिक भिडियोमा प्रस्तुत भएकी छिन् ।
यसपालीको तिहारको म्यूजिक भिडियो