Successfully Copied

मिस नर्स नेपाल अब मिस नेपाल पिसका रुपमा

नर्सिङ पेशामा आबद्ध भएका र हुन चाहने युवतीहरुको सौन्दर्य एवं बौद्धिकताको प्रतियोगिताका रुपमा विगत तीन वर्ष देखि आयोजना संचालन हुादै आएको ‘मिस नर्स नेपाल’ प्रतियोगिताको चौथौं संस्करणसम्म आइपुग्दा ‘मिस नेपाल पिस’का रुपमा परिवर्तत भएको छ ।

नर्सिङ पेशामा आबद्ध भएका र हुन चाहने युवतीहरुको सौन्दर्य एवं बौद्धिकताको प्रतियोगिताका रुपमा विगत तीन वर्ष देखि आयोजना संचालन हुादै आएको ‘मिस नर्स नेपाल’ प्रतियोगिताको चौथौं संस्करणसम्म आइपुग्दा ‘मिस नेपाल पिस’का रुपमा परिवर्तत भएको छ । प्रतियोगिता मार्फत् स्वास्थ्य परिचारिकाहरुलाई नर्सिङ पेशाप्रति थप जिम्मेवार, समाजप्रति उत्तरदायी र उत्प्रेरित बनाउन ‘मिस नर्स नेपाल’ आयोजन गरिंदै आएको भए पनि यस पटक देखि यसलाई अझ वृहत् र विस्तारित स्वरुप दिन मिस नेपाल पिसका रुपमा आयोजना गर्न लागिएको आयोजक पक्षले जनाएको छ । अस्वस्थ व्यक्तिको मानसिक र शारारिक शान्तिमा स्वास्थ्य परिचारिकाहरुको अग्रणी भूमिका हुने भएकाले मिस नेपाल पिसको अवधारणा अगाडि ल्याइएको आयोजक पक्षको भनाई छ ।   

नेपाल ब्रेस्ट क्यानसर फाउन्डेसनको सहकार्यमा नेक्स्ट मोडल्स नेपालले आयोजना संचालन हुने ‘मिस नेपाल पिस २०७३’ लागि हालै अडिसन राउन्ड संचालन गरिएको छ । जसमा नर्सिङ पेशामा संलग्न एवं नर्सिङ अध्ययन गर्दै गरेका युवतीहरुको बाक्लो सहभागिता रहेको थियो । उनीहरु मध्येबाट आत्मविश्वास, व्यक्तित्व, नर्सिङ पेशा प्रति लगाव र जिम्मेवारी बोध, सकरात्मक सोच, प्रतिभा लगायतका कुरालाई विचार गरी तीन दर्जन भन्दा बढी सहभागिहरु ‘मिस नेपाल पिस २०७३’को फाइनल प्रतिस्पर्धाका लागि छनौट गरिएका छन् ।  

 Image