प्रमिलाको ‘ब्युटी विथ नेचर’
विभिन्न चराचुरुङ्गीका सुन्दर आकृति क्यान्भासमा उतार्ने प्रमिला राजकर्णिकार यथार्थवादी धारलाई पछ्याउने कलाकार हुन् । उनका सुन्दर कलाकृति प्रकृति र स्वतन्त्रतामा बढी केन्द्रित रहन्छन् ।
कृयसन फिटनेस तथा डान्स स्टुडियोको उद्घाटन भएको छ । गत मंगलबार हाडिगाउँ ढुङ्गेधारा मार्गमा अवस्थित ‘कृयसन फिटनेस तथा डान्स स्टुडियो’को उद्घाटनमा चर्चित मोडल किरण लाकौल, अभिनेत्री अशिष्मा नकर्मी, कोरियोग्राफर प्रशान्त तामाङ र चर्चित मोडल ह्यारी योन्जन उपस्थित भएका थिए ।
‘कृयसन फिटनेस तथा डान्स स्टुडियो’को उद्घाटन रिवन चर्चित मोडल किरण लाकौल, अभिनेत्री अशिष्मा नकर्मीले काटेका थिए । औपचारिक कार्यक्रममा उद्घाटनपछी उपस्थित भएका अतिथीहरुले ‘कृयसन फिटनेस तथा डान्स स्टुडियो’लाई शुभकामना दिएका थिए । कार्यक्रममा ‘कृयसन फिटनेस तथा डान्स स्टुडियो’का प्रवन्ध निर्देशक ज्याम लामाले बोल्दै आफु बोल्ने भन्दापनि काम गरेर देखाउने बताए ।
‘कृयसन फिटनेस तथा डान्स स्टुडियो’मा जुम्बा, मोर्डन डान्स, एरोबिक, नेपाली कल्चरल नृत्य तथा हिपअप डान्सहरु सिकाइने प्रवन्ध निर्देशक ज्याम लामाले बताए । कार्यक्रममा ‘कृयसन फिटनेस तथा डान्स स्टुडियो’का विद्यार्थीहरुले डान्स प्रस्तुत समेत गरेका थिए ।