Successfully Copied

जाडोमा सन्तुलित खाना

उमेर र कामअनुसार खानेकुराको मात्रा फरक पर्छ ।

रश्मि बजिमय श्रेष्ठ, डाइटिसियन, किस्ट मेडिकल कलेज 

 

जाडो महिनामा कस्तो खाना खानुपर्छ ?

जाडो वा गर्मी दुवै मौसममा कार्बोहाइड्रेड, प्रोटिन, भिटामिन, मिनरल्स, पानी सबै समावेश भएको सन्तुलित खाना आवश्यक हुन्छ । उमेर र कामअनुसार खानेकुराको मात्रा फरक पर्छ ।  

जाडो मौसममा खाना बढी रुच्नुको कारण के होला ?

जाडो मौसममा मेटाबोलिज्म बढी हुन्छ । यसले गर्दा पनि बढी खाना रुच्छ । बाहिरी तापक्रम कम भएका कारण शरीरको तापक्रम ठीक राख्न बढी शक्ति (क्यालोरी) खर्च हुन्छ । यसकारण आवश्यकता बढी भएअनुसार माग पनि बढी हुन्छ र बढी खान मन लाग्छ । यसैगरी जाडो मौसममा घाममा बढी बस्दा शरीर सुख्खा हुन्छ र पानी बढी पिइन्छ । शरीर तताउन सुप, चिया आदिको सेवन पनि बढी नै गरिन्छ । चिसोका कारण खानेकुरा फ्रेस हुने भएकाले पनि बढी खान मन लाग्छ । 

यो मौसममा उमेरका हिसाबले कस्तो खाना खानुपर्छ ?

उमेरअनुसार पौष्टिक तत्वको मात्रा फरक पर्ने भएकाले खानाको मात्रा र तरिका त फरक पर्छ नै तर पनि खाना सन्तुलित नै हुनुपर्छ । जाडो महिनामा बालबालिका तथा वृद्धवृद्घालाई चिसोले बढी सताउने भएकाले होसियारी अपनाउनुपर्छ । तातो तरकारी, मासु वा गेडागुडीको सुप, तातो दूधका साथै फलफूलहरू खानामा समावेश गर्नु उपयुक्त हुन्छ जसले रोगप्रतिरोधात्मक शक्ति प्रदान गर्छ ।  

 Image