Successfully Copied

माइग्रेन पूर्णरूपमा निको हुन्छ ।

उपचारलाई तीसवटा सत्रमा विभाजन गरिएको छ । सुरुमा नियमित दश दिन त्यसपछि एक दिन बिराउँदै, त्यसपछि सातामा एकपटक, १५ दिनमा एकपटक गर्दै तीस वटा सत्रमा यसको उपचार गरिन्छ ।


सुदर्शन बस्नेत
अकुपञ्चरिष्ट एंव अध्यक्ष सुस्वास्थ्य हस्पिटल
‘माइग्रेन’ मा अर्ध कपाल दुखाइ (युनिल्याटरल हेडएच) हुन्छ । यो भनेको टाउकोको एकापट्टिको भागको मात्र दुखाइ हो । यस्तो दुखाइ केही दिन, साता वा महिना दिनको फरकमा आउ“छ । केही घण्टा वा दिनसम्म रहेर आफै निको भएर जान्छ । यसको दुखाइ कम्तीमा चारदेखि धेरैमा ७२ घण्टासम्म रहन्छ । यही नै ‘माइग्रेन’को मुख्य लक्षण हो । त्यससँगै कसैकसैलाई वाकवाक लाग्ने र बान्ता पनि हुन्छ ।
धेरैमा देखिने लक्षण ‘फोटोफोयिबा’ र ‘फोनोफोयिबा’ हो । ‘फोटोफोयिबा’ मा घाम हेर्नै नसक्ने हुन्छ । ‘माइग्रेन’को अट्याक आउँदा घाम हेर्नै सकिँदैन । साथै कुनै पनि उज्यालो हेर्न मन पर्दैन । उनीहरू झ्यालढोका बन्द गरेर अँध्यारो कोठामा बस्न मनपराउँछन् । ‘फोनोफोयिबा’ भनेको आवाज सुन्न मन नपर्नु हो । टाउको दुखेको बेला कोही बोलेको पनि मन पर्दैन । यी दुईवटा लक्षणबाट आफूलाई ‘माइग्रेन’ भएको थाहा पाउन सकिन्छ ।


दुखाइका प्रकृति र चरणहरू
‘माइग्रेन’ को टाउको दुखाइको प्रकृति पनि फरक हुन्छ । यसको दुखाइलाई ‘फ्लपिङ’ र ‘पल्सेसन पेन’ भनिन्छ । चुप्पीले घोचेजस्तो दुखाइ र टनटन तन्केजस्तो दुखाइ आउँछ । अन्य टाउको दुखाइ एकनासले दुख्छ भने ‘माइग्रेन’ को दुखाइबढी हुन्छ र चुप्पीले घोचेजस्तो हुन्छ ।
‘माइग्रेन’ को ‘अट्याक’ लाई चार चरणमा विभाजन गरिएको छ । एकपटक ‘अट्याक’ भएपछि चार–पाँच दिनपछि आउँछ यसलाई ‘एपिसोड’ भनिन्छ । एउटा ‘एपिसोड’बाट अर्को ‘एपिसोड’ सम्मको बीचमा यी चार चरण आउँछन् । पहिलोलाई ‘प्रि–डम’ भनिन्छ । यतिबेला ‘माइग्रेन’ को ‘अट्याक’ आउनु एक दिनअघि ‘हाई’ आउने, कुनै काम गर्न मन नलाग्ने, दिक्क लाग्ने, अल्छी लाग्ने, आ“सु आएजस्तो हुने हुन्छ । त्यसपछि अरा भन्ने चरण आउँछ । त्यसमा आँखा तिरमिराएजस्तो हुने, उज्यालोले आँखा छोपेजस्तो हुने, सिल्का हानेजस्तो हुन्छ । यो कम्तीमा पाँच मिनेटसम्मको हुन्छ । त्यसपछि ‘अट्याक’को चरण आउँछ । चौथो ‘पोस्ट ट्रम’ हुन्छ । यो ‘अट्याक’ आइसकेपछिको रिकभरी चरण हो । यतिबेला बिरामी ‘डिप्रेसन’मा जान्छ, दिक्क मान्ने, बेकारमा बाँचेछु भन्ने, खान मन नलाग्ने, कसैसँग बोल्न मन नलाग्ने हुन्छ । यो कसैकसैलाई एक दिन वा केहीघण्टा रहन्छ र अर्को ‘अट्याक’ नआउन्जेलसम्म बिरामी ‘फ्रेस’ हुन्छ ।




महिला बढी पीडित
अहिलेसम्मको ‘माइग्रेन’ भएको बिरामीको संख्या हेर्ने हो भने यो रोग महिलालाई बढी देखिन्छ । ७० प्रतिशत महिला प्रभावित छन् । यसो हुनुको मुख्य कारण यही नै हो भन्ने पत्ता नलागे पनि ‘हर्मोन’ परिवर्तन हुन सक्ने विभिन्न अध्ययनले देखाउँदै आएका छन् । ‘सेरेटोनेन हर्मोन’ को उत्पादनमा आउने गडबडीका कारणले ‘ब्रेन’ भित्र र बाहिरको रक्त सञ्चारमा गडबड गराउँछ जसकारण टाउको दुख्छ । १५ देखि ५० वर्षका महिलाहरूमा बढी ‘माइग्रेन’ को समस्या भएको देखाएको छ । धेरैको १५ वर्षमा महिनावारी सुरु भएर ५० वर्षसम्म रहन्छ । अधिकांश ‘माइग्रेन’ भएका महिलाहरूमा ५० वर्षपछि आफै निको भएर जान्छ । ९० प्रतिशत महिलालाई निको भएको अध्ययनले देखाएको छ । १० प्रतिशत महिलालाई भने जीवनभर रहन्छ । १५ वर्षभन्दा कम उमेरकालाई कम देखिन्छ । हर्मोनका कारण अहिले १५ वर्षभन्दा कम उमेरमै महिनावारी सुरु हुन्छ । माइग्रेन पनि यही उमेर आसपासदेखि सुरु हुन्छ ।


जटिलता
‘माइग्रेन’ को दुखाइकै कारण धेरैजना ‘एन्जाइटी’ र ‘डिप्रेसन’ का सिकार हुन्छन् । एकपटकको दुखाइपछि फेरि त्यही दुखाइ दोहोरिन्छ भन्ने सोचाइकै कारण उनीहरूमा यी समस्या देखिने जोखिम बढ्छ । दुखाइका कारण धेरैजना सुत्न सक्दैनन् । त्यसैले पनि ‘डिप्रेसन’ हुने सम्भावना बढी हुन्छ ।
अर्को गम्भीर जटिलता भनेको लगातार बान्ता हुँदा शरीरमा ‘डिहाइड्रेसन’ हुने, कलेजो सुन्निने पनि हुनसक्छ । दुखाइको कारण खानामा रुचि नहुँदा शरीरमा तागत नहुने र रक्तअल्पना हुने सम्भावना हुन्छ ।
‘माइग्रेन’ को टाउको दुखाइकै कारण आत्महत्याको प्रयास गर्छु भन्ने सोच आउने बिरामीहरू बताउँछन् । यहाँ उपचार गर्न आउने बिरामीहरूले दुखाइको बेला मर्नै मन लाग्छ भन्नेहरू भेटिन्छन् । तर दुखाइकै कारण आत्महत्या भएको तथ्यांक भेटिएको छैन । यसको कारण बिरामीको कार्यदक्षतामा ह्रास आएको देखिन्छ । जसकारण जागिरसम्म पनि गएका भेटिन्छन् । सधै टाउको दुखिरहने भएकाले घरमा कलह पनि हुन्छ ।



रोकथाम
माइग्रेन बढाउने ‘ट्रिगर फ्याक्टर’बाट टाढा रहँदा यसको ‘अट्याक’बाट बच्न सकिन्छ । अधिकांश ‘माइग्रेन’ का रोगीहरूलाई घामले प्रभाव पार्छ । त्यसैले घामबाट बच्ने प्रयास गर्नुपर्छ । घाममा निँस्कदा सनग्लास प्रयोग गर्नुपर्छ । बढी उज्यालो हुने ठाउँमा सकेसम्म कम हिँड्नुपर्छ । ठूलो आवाज आउने ठाउँमा सकभर जानुहुन्न । घरमा गरिने पेन्टस् र धूम्रपानको गन्धले धेरैलाई ‘माइग्रेन’को अट्याक आउँछ ।
दही वा पनीरजस्ता दुग्धजन्य परिकार, गालेको अचार, तामा, कोल्ड ड्रिंक्स, रेड वाइन, डार्क चकलेटजस्ता खानेकुराले बढाएको देखिन्छ । तनावले पनि ‘माइग्रेन’ बढाउँछ ।

उपचार सम्भव छ
‘एलोपेथिक’मा माइग्रेनको उपचार छैन भनिएको छ । लक्षणअनुसार उपचार गरिन्छ । तर विभिन्न अध्ययन–अनुसन्धानले यसको उपचारका लागि विश्वभर अकुपञ्चर र अकुप्रेसर प्रख्यात छ । त्यसमा ८० प्रतिशत माइग्रेनका बिरामी यसले निको भएको देखाएको छ । अकुपञ्चरले ‘सेरेटोनिन हर्मोन’ उत्पादन बढाइदिने भएकाले ‘माइग्रेन’ को टाउको दुखाइलाई कम गर्छ ।
‘अकुपञ्चर’, ‘अकुप्रेसर’, टाउकोको मसाज, जलनीति, शिरोधारा, प्राणायामसहित केही आयुर्वेदिक उपचारबाट गरिन्छ । यहाँ अन्य ठाउँ नगरिने उपचार अरिकुलर थेरापी पनि गरिन्छ, जसमा कानमा निडिलद्वारा उपचार हुन्छ । उपचारलाई तीसवटा सत्रमा विभाजन गरिएको छ । सुरुमा नियमित दश दिन त्यसपछि एक दिन बिराउँदै, त्यसपछि सातामा एकपटक, १५ दिनमा एकपटक गर्दै तीस वटा सत्रमा यसको उपचार गरिन्छ ।

(अकुपञ्चरिष्ट बस्नेतसँग सुजाता मुखियाले गरेको कुराकानीमा आधरित)

 Image