वनस्पतिमा स्वास्थ्य रहस्य
प्रायः पात, बियाँ र बोक्रालाई हामीले बेवास्ता गर्छौं । तर, यसमा लुकेको सूक्ष्म पोषकतत्वको प्रयोगले महिला स्वास्थ्यमा राम्रो प्रभाव पार्छ भन्ने कुरा विभिन्न अनुसन्धानले सिद्ध गरिसकेका छन् ।![](https://nari-assets-api.ekantipur.com/thumb.php?src=https://nari-assets-cdn.ekantipur.com/uploads/source/news/2022/health/Chari-Amilo-28012022030022.jpg&w=1000&height=600)
![](https://nari-assets-api.ekantipur.com/thumb.php?src=https://nari-assets-cdn.ekantipur.com/uploads/source/news/2022/health/Chari-Amilo-28012022030022.jpg&w=1000&height=600)
नेपालमा महिलाका कयौं स्वास्थ्य समस्या छन् । ती समस्याहरूमध्ये कतिपय बाहिर आउनै सकेका छैनन् । अझ भनौं ती समस्याहरूबारे अरूलाई भन्ने आँट धेरै महिलाले गर्न सकेका छैनन् । त्यस्ता महिलाका स्वास्थ्य समस्या समाधान गर्ने ‘इम्पावर आरएफ’ यन्त्र नेपालमा भित्रिएको छ । खासगरी महिलाका प्रजनन् अंगमा हुने स्वास्थ्य समस्या र त्यसको समाधान गर्न सक्ने उक्त यन्त्रले केही हदसम्म भए पनि महिलाहरूलाई राहत र सहयोग मिल्ने निश्चित छ ।
प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा. रश्मि श्रीश र डा. मीरा थापाले महिलाको प्रजनन् अ¨मा हुने समस्याको कस्मेटिक उपचारका लागि उक्त यन्त्र नेपाल भित्र्याएका हुन् ।
यन्त्रबारे जानकारी दिँदै रश्मिले अब छिट्टै ‘कस्मेटिक गाइनोकोलोजी सेन्टर’ सञ्चालनमा ल्याउने बताइन् । ‘महिलाले सन्तान जन्माइसकेपछि र पहिल्यैदेखि उनीहरूमा रहेका प्रजनन् समस्याहरूको उपचारमा ‘इम्पावर आरएफ’ कोशेढुंगा साबित हुनेछ’ उनले भनिन्, ‘यसका लागि छिट्टै ‘फ्लोरा सेन्टर फर गाइनी एस्थेटिक्स’ नामक ‘कस्मेटिक गाइनोकोलोजी सेन्टर’ सञ्चालन गर्दैछौं ।’
मीराका अनुसार ‘इम्पावर आरएफ’ यन्त्रबाट महिलाहरूमा पिसाब चुहिने, यौन सम्पर्कको समयमा यौनांग सुख्खा हुने, सन्तान जन्माउने क्रममा गरिने शल्यक्रियाको दाग, यौनांग तथा कम्मरमा हुने सेता धर्सा (स्टे«च मार्क), यौनांग कसिलो नहुनेलगायतका समस्याको कस्मेटिक उपचार गरिने छ । ‘इम्पावर आरएफ’ यन्त्रबाट समस्याहरूको ‘इलेक्ट्रो म्याग्नेटिक स्टिम्युलेसन (रेडियोफ्रिक्वेन्सी)’ विधिबाट बिनाशल्यक्रिया माथि उल्लिखित समस्याहरूको समाधान गरिनेछ’ उनले भनिन् । महिनावारी, गर्भवती, सुत्केरी तथा उमेर बढ्दै जाँदा महिलाको हर्मोन र प्रजनन् अंग तथा शरीरमा हुने परिवर्तनले महिलाको जीवनमा असर पर्ने भएकाले ‘कस्मेटिक’ उपचारले यी समस्या समाधान गर्न सकिने रश्मिको भनाइ छ ।
नेपालमा आफूहरूले उपचार गरेका धेरै महिलामा स्टे«च मार्क बस्ने, पिसाब चुहिने, यौनांग खुकुलो हुने, खोक्दा यौनांगबाट केही झरेजस्तो महसुस हुने समस्या देखिएकाले त्यसको उपचार गर्न यो अत्याधुनिक यन्त्र भित्र्याएको बताए । यसअघि यी र यस्तै समस्याबारे गुनासो गर्नेहरूलाई सुरुमा गह्रौं भारी बोक्ने काम नगर्न र थेरापीका लागि आफूहरूले सुझाव दिने पनि बताए । यद्यपि समस्या बढ्दै र बल्झिँदै गएमा सर्जरी नै गरेर उपचार गर्नुपर्ने मीराले जानकारी दिइन् ।
‘इम्पावर आरएफ’ बाट गरिने उपचार शल्यक्रियामा जस्तो जटिलता महिलामा नदेखिने पनि यी दुई चिकित्सकले बताए । यन्त्र संचालन गर्न आफूहरूले विदेशबाट प्रशिक्षणसमेत लिएको उनीहरूले जानकारी दिए । इजरायलबाट भित्र्याएको यो उपकरण नेपालमै पहिलो भएको उनीहरूको दाबी छ ।