जाडोमा बालबालिकाको स्वास्थ्य
जाडो महिना सुरु भएसँगै पाँच वर्षमुनिका बालबालिका र ज्येष्ठ नागरिकमा ‘निमोनिया’को उच्च जोखिम हुन्छ । मौसम परिवर्तनसँगै जीवाणु देखापर्नुका साथै संक्रमण देखिन थाल्छ । अहिले रुघाखोकी, ज्वरो, बाथ आदिको समस्या छ ।
डा. रजत कायस्थ, फिजिसियन, काठमाडौं मेडिकल कलेज, सिनामंगल
चिसोपनका कारण जाडो महिनामा रुघाखोकीको समस्या बढ्छ । जाडो मौसम सुरु हुनासाथ यस्ता समस्या लिएर धेरै बिरामी अस्पताल आउँछन् ।