Successfully Copied

जरुरी टिप्स

जिम जानुअघि यस्ता अन्डर गार्मेन्ट्स लगाउनुपर्छ । अन्डर गार्मेन्ट्सको फिटिङ सही हुनुपर्छ ।

अन्तरर्वस्त्र 

बजारमा वर्क आउटका लागि विभिन्न डिजाइनका अन्डर गार्मेन्ट्स पाइन्छन् । जिम जानुअघि यस्ता अन्डर गार्मेन्ट्स लगाउनुपर्छ । अन्डर गार्मेन्ट्सको फिटिङ सही हुनुपर्छ । तब मात्र आरामदायी र सहज रुपमा एक्सरसाइज गर्न सकिन्छ । महिलाले सपोर्टिव ब्रा लगाउनु जरुरी हुन्छ । 

मोजा 

कटनको मोजा तथा वर्क आउटकै लागि बनाएको खास किसिमको मोजा लगाउनुपर्छ । संभव भए सिलाई नभएको मोजा लगाउनुपर्छ । यस्तो मोजा धेरै समयसम्म लगाउँदा पनि असहज महसुस हुदैन ।

उचित फुटवेयर

राम्रो स्पोट्र्स वेयर तथा आरामदायी जुत्ता लगाएर एक्सरसाइज गर्दा चोट लाग्ने खतरा कम हुन्छ । फुटवेयर हल्का, फ्लेक्जिवल तथा सपोर्टिव हुनुपर्छ । जुत्ता धेरै ठूलो तथा धेरै टाइट हुनुहुदैन । बजारमा एक्सरसाइजका लागि खास किसिमको स्निकर्स पाइन्छन् । त्यस्ता स्निकर्स लगाएर एक्सरसाइज गर्नु उचित हुन्छ । 

ब्यागमा के हुनुपर्छ ? 

जिम ब्यागमा कपडाको साथमा पानीको बोतल, तौलिया, ग्लुकोज, इनर्जी ड्रिंक, डिओड्ेरन्टजस्ता चीज सधै राख्नुपर्छ । यसको जरुरत जुनसुकै बेला पनि पर्न सक्छ । साथै चिसो टिस्युपेपर पनि साथमा राख्नुपर्छ । 

के लगाउनुहुदैन ? 

जिम गर्ने बेलामा जिन्स, फर्मल आउटफिट लगाउनुहुदैन । किनकी यसमा आराम महसुस हुदैन । 

लेयर्ड सर्ट, ब्यागी टप, टिसर्ट लगाउनुहुदैन । वर्कआउट गर्दा यस्तो पहिरन लगाउँदा मेशिनमा अड्कने संभावना रहन्छ । फ्यान्सी फुटवेयर लगाउनुहुदैन । महिलाले हेयरब्यान्डका अलावा कुनै पनि एसेसरिज टाउकोमा लगाउनुहुदैन । 

के गर्ने ?   

सामान्यतया महिलाहरू आकर्षक देखिन मन पराउछन् । जिम गर्ने समयमा पनि उनीहरू यो चाहन्छन् । जिम गर्ने समयमा मेकअप गर्न मन लागेमा हल्का फाउन्डेसन लगाउनुपर्छ । साथमा वाटर प्रुफ मस्कारा पनि प्रयोग गर्न सकिन्छ । आउटडोर एक्सरसाइज गर्ने हो भने सनस्किन लगाउनुपर्छ । 

गुणस्तरमा ध्यान  

एक्सरसाइजका लागि पहिरन खरिद गर्दा गुणस्तरमा ध्यान दिनुपर्छ । पैसाको लोभमा सस्तो पहिरन खरिद गर्नुहुदैन । आफूलाई आराम हुने किसिमका ब्रान्डेड आउटफिट खरिद गर्नुपर्छ । महिला सधै फेसनवेबल हुन चाहन्छन् तर वर्क आउटका लागि स्टाइलिसभन्दा पनि आरामदायी आउटफिट छनोट गर्नुपर्छ । जसले गर्दा आरामसाथ खुलेर सास फेर्न सकियोस् । जाडो मौसममा आउटफिटमा एक्स्ट्रा खर्च गर्नुपर्दैन । पहिले नै यस्तो आउटफिट छनोट गर्नुपर्छ जसमा एक्स्ट्रा ज्याकेट पहिरिन सकियोस् । 

साइक्लिङ गर्ने हो भने ब्यागी टि–सर्ट, चिसो पहिरन लगाउनुहुदैन । पहिरन खरिद गर्नुअघि साइज मिल्छ मिल्दैन ट्राई गर्नु आवश्यक हुन्छ । सम्भव भएमा ट्रायल रुममा पहिरन लगाएपछि एक्सरसाइजका केही स्टेप्स गरेर पहिरन आरामदायी छ–छैन विचार गर्न सकिन्छ ।   

मोडल : कल्पना न्यौपाने 

तस्विर : नवराज वाग्ले 

 Image