Successfully Copied

सुख–समृद्धिका लागि प्रवेशद्वार

घर बनाउँदा केवल मूलघरको दिशामात्र होइन मूलद्वारको दिशा पनि सही हुनुपर्छ ।

घर बनाउँदा केवल मूलघरको दिशामात्र होइन मूलद्वारको दिशा पनि सही हुनुपर्छ । कुनै पनि घरको बनावट, आकार एवं मूलद्वारले घरमा बस्नेहरूको सुख–समृद्धि तथा स्वास्थ्यमा गहिरो प्रभाव पार्छ । यसको माध्यमबाट सकारात्मक तथा नकारात्मक ऊर्जा घरमा प्रवेश गर्छ । त्यस्तो ऊर्जाले नै घरमा सुख तथा कलंक ल्याउँछ । प्रवेशद्वारलाई मेन गेट, मूलढोका तथा मुख्यद्वार आदि विभिन्न नाम दिइन्छ ।

घरमा दुईवटा प्रवेशद्वार बनाउने हो भने शुभ फलका लागि पूर्व–दक्षिण वा उत्तर–दक्षिणमा बनाउनुपर्छ । त्यसमा एउटै द्वारमा जानु हुँदैन । शुभ फल प्राप्त गर्न द्वारलाई पूर्व–दक्षिण दिशा वा उत्तर–दक्षिण दिशामा बनाउनुपर्छ । दक्षिण–पश्चिम वा दक्षिण दिशामा पनि प्रवेशद्वार बनाउन सकिन्छ । 

कुनै प्रवेशद्वारको अघि खम्बा, भर्‍याङ, रुख, मेसिन, ऊर्जा संयन्त्र, कुवा वा मन्दिर छ भने त्यसले बाधा उत्पन्न गराउनसक्छ । 

उच्च कोटिको मुख्यद्वार 

  • उत्तरी ईशान्य मुख्यद्वारका लागि उच्चकोटिको स्थान मानिन्छ । पूर्व र उत्तर दिशा मिल्ने कोणलाई ईशान्य कोण भनिन्छ । 
  • पूर्वी ईशान्य कोणमा मुख्यद्वार हुनेहरू निकै विद्वान् हुन्छन् । 
  • दक्षिण–आग्नेय मुख्यद्वार कल्याणकारी हुन्छ । दक्षिण–पूर्व दिशा मिल्ने कोणलाई आग्नेय कोण भनिन्छ । 
  • उत्तर–पश्चिम दिशामा मिल्ने कोणलाई वायव्य कोण भनिन्छ । वायव्य कोणको मुख्यद्वारलाई पनि उच्चकोटिको मान्न सकिन्छ । यो कोणमा प्रवेशद्वार बनाउनु शुभ फलदायक हुन्छ । 
  • भित्रपट्टि खुल्ने प्रवेशद्वार शुभ हुन्छ । 
  • ढोका खुल्दा तथा बन्द हुँदा आवाज आउनु हुँदैन । 
  • फेंगसुईका अनुसार दक्षिणपूर्वी ढोका उपयोगी हुन्छ । यसले आर्थिक रूपमा सबल बनाउँछ । गमलामा रोपिएका फूल–बिरुवाले पनि ढोकामा प्रभाव पार्छन् । 

यी नियम पनि जानौं  

  • प्रवेशद्वार हतारमा बनाउनु हुँदैन । 
  • प्रवेशद्वार घरको अरु ढोकाको तुलनामा ठूलो हुनुपर्छ । 
  • मेन गेट बीचमा नभै केही किनारमा हुनुपर्छ । 
  • प्रवेशद्वार काठ तथा धातुको हुनुपर्छ । त्यसमा त्रिशूल लगाउनु हुँदैन । 
  • मुख्यद्वार दुई वटा छन् भने उत्तर दिशापट्टिको ढोका प्रयोग गर्नुपर्छ । 
  • पूर्व दिशामा भएको प्रवेशद्वार पश्चिम वा उत्तर–पश्चिमतर्फ हुनुपर्छ । यसले सकारात्मक ऊर्जा दिन्छ। उत्तरपट्टि घर छ भने प्रवेशद्वार उत्तर–पूर्व वा उत्तर दिशामा बनाउनुपर्छ । यसले व्यवसायमा लाभ पुर्‍याउनुका साथै सम्मानमा वृद्धि गर्छ । 
  • दक्षिण दिशामा भएको घरको प्रवेशद्वार पश्चिम वा अन्य कुनै दिशामा बनाउनुपर्छ भने त्यस्तो घरमा उत्तर तथा दक्षिण दिशामा प्रवेशद्वार बनाउनु हुँदैन । 

झल्लर 

  • झल्लरलाई ढोकामा झुन्ड्याइन्छ । यसलाई फूल–पात, रंगीन कपडा तथा रंगीचंगी कागजले तयार पारिन्छ । यसलाई प्रवेशद्वारमा लगाउनु शुभ हुन्छ । 
  • झल्लरलाई देवीदेवताको स्वागतको प्रतीक मानिन्छ । घरमा आउने पाहुनालाई पनि झल्लरले स्वागत गर्छ । 
  • विवाह तथा कुनै पनि उत्सवमा गृहप्रवेशलाई शुभ बनाउन आँप, गुलाब वा अरू फूलका मालाले सजाउनुपर्छ । 

 Image