माया, प्रेम र स्नेहबिना खुसी हुने व्यक्ति यो संसारमा बिरलै भेटिएलान् । भनिन्छ–प्रेमबिनाको जीवन अधूरो हुन्छ । त्यो प्रेम चाहे आमा–बुवाको, भाइ–बहिनीको, मित्र वा प्रेमी–प्रेमिकाको नै किन नहोस् ? प्रेमलाई जीवन्त बनाई राख्न प्रकृतिको पनि उत्तिकै महत्वपूर्ण भूमिका रहेको पाइन्छ । वसन्त ऋतु त्यसको एउटा उदाहरण हुनसक्छ । यो ऋतुमा हाम्रा वरपरका बगैंचामा चराचुरुङ्गीको चिरिबिरी कर्णप्रिय हुन्छ, प्राकृतिक फूलहरू ढकमक्क फुलेर हामीलाई मन्त्रमुग्ध पारिरहेका हुन्छन् । उजाड र पतझडमा पनि हरियाली÷बहार आउने र त्यसले जीवनकै नया“ सुरुवात भएको महसुससमेत गराउ“छ । यो ऋतुमा युवायुवतीको धड्कन पनि तीव्र हुन्छ । यसो हुनुको कारण पनि छ–एउटा प्रेमीले आफ्नो मायाप्रेमलाई प्रेमिकासमक्ष अभिव्यक्त गर्ने अवसर पाउनु । त्यो अवसर यसै ऋतुमा परापूर्वकालदेखि मनाइ“दै आएको रंगीन फागु पर्वले जुटाइदिने गरेकै थियो । पछिल्ला केही वर्षयता ‘भ्यालेन्टाइन डे अर्थात् प्रेम दिवसले त्यसलाई झनै घनिभूत र सजीव बनाइदिएको छ । प्रेम साटासाट गर्न पाउने यी अवसरहरूलाई अचेलका युवा धड्कन र जोडीहरू कुनैपनि बहानामा गुमाउन चाहन्नन् । यसो त प्रेम अभिव्यक्त र साटासाट गर्नकै लागि विशेष दिनको प्रतीक्षा के गर्नु, ह्दयमा कसैप्रति मायाप्रीति अंकुरण भएको छ भने त्यसलाई तत्काल व्यक्त गर्नु राम्रो हो । नेपालीमा एउटा गीत नै छ–
मनका कुरालाई बाँधी न राख,
गाँठो परिजाला झट्ट फुकाई देऊ......
मायाप्रेमको विषय लुकाउन सकिन्न । यो कसैसँग कसैले चाहेर हुने पनि होइन । त्यसैले भन्ने गरिन्छ–प्रेम गरिन्न, आफै हुन्छ । कसैसँग प्रेम भए जतिसक्दो चा“डो आफ्नो अभिव्यक्ति र भावनामार्फत एक–अर्कासमक्ष राख्न सक्नुपर्छ । त्यसपछिको परिणाम कि त ‘स्वीकार्य’ या ‘अस्वीकार्य’ हुने हो । यसमा कोही सफल त कोही असफल हुन सक्लान् । दुवै अवस्थालाई सकारात्मक रूपमा लिई अगाडि बढे प्रेम अजम्बरी बन्न सक्छ । सकारात्मकताले ऊर्जा संचार गर्छ । ‘स्वीकृत ’ मात्र होइन ‘अस्वीकृत ’ प्रेमलाई समेत ऊर्जाका रूपमा ग्रहण गर्दै अगाडि बढे सफलताको शिखरमा पुग्न सकिन्छ । प्रेममा ईष्र्या र बदलाको भावना बर्जित छ । यसमा त्याग अपरिहार्य हुन्छ । स्वार्थ र भौतिक सुखका लागि गरिने प्रेम लामो समय टिक्दैन । फेरि गुलाब वा अन्य उपहार दिएर मात्रै पनि प्रेम दिगो बन्दैन । परस्पर समर्पण भावले गरिएको प्रेमको कोपिला नै अद्भूत रूपमा फक्रिने हो । ‘भ्यालेन्टाइन डे’ त्यसमा मलजल थप्ने माध्यम बन्न सक्छ ।
कुनै एउटा केटा वा केटीका लागि मात्र नभई प्रेम गर्ने सम्पूर्णजोडीका लागि विशेष उत्सव हो ‘भ्यालेन्टाइन डे’ । भूगोलअनुसार यसको नाम फरक हुन सक्ला । तर, मायाप्रेमको परिभाषा ‘युनिभर्सले’ नै हुन्छ । यो दिवसमा प्रेमिल जोडीहरूबीच प्रेम, माया र रोमान्स साटसाट हुन्छ । यो साटासाट प्रत्यक्ष वा अप्रत्यक्ष रूपमै पनि गर्न सकिन्छ । यसो त यसमा जोडीहरू आमनेसामने हुनुलाई अनिवार्यझंै मानिन्छ । तर, पछिल्लो समय व्यस्त दिनचर्या र कार्यविशेषले बाहिर हु“दा प्रत्यक्ष उपस्थितिझैं सुखानुभूति हुनेगरी विभिन्न माध्यम÷साधनहरूको प्रयोग गर्ने प्रचलन बढेको छ । एक–अर्कास“ग टाढा भएका प्रेमी–प्रेमिका वा जीवनसाथीहरूले उपहार, कार्ड, सन्देश, लाइभ च्याट÷डिनर÷लन्च गर्ने र आफूहरूलाई मन पर्ने मुभी एकैसमयमा हेर्दै मायाप्रेम साट्छन् । त्यसैले यो दिवसले अब प्रेम दिवसकै रूप लिइसकेको छ ।
‘भ्यालेन्टाइन डे’ को सुरुवात
सेन्ट भ्यालेन्टाइनको नाममा हरेक वर्षको फेब्रुअरी १४ मा विभिन्न मुलुकमा यो दिवस मनाइन्छ । यसो त भ्यालेन्टाइनसँग जोडिएका प्रसंगहरूमा मतैक्यता पाइन्न । यसबारे थुप्रै भनाइ प्रचलित छन् । तीमध्ये सन् १२६० मा संकलित ‘औरिया अफ ज्याकोबस डी भोराजिन’ पुस्तकमा सेन्ट भ्यालेन्टाइनको नाम उल्लेख गर्नुलाई बढी प्रमाणिक मानिन्छ । पुस्तकमा उनलाई रोमका एक पादरी भएको उल्लेख गरिएको छ । लेखिएको छ–
‘भ्यालेन्टाइन विश्वभर प्रेमको संचार हुनुपर्ने मान्यता राख्थे । उनका लागि प्रेम नै जीवन थियो । तर रोमका राजा क्याडियसले उनको यो अभियानलाई मन पराएका थिएनन् । राजालाई लाग्थ्यो कि प्रेम र विवाहले पुरुषहरूको बुद्धि र शक्ति दुवै नष्ट हुन्छ । त्यही कारणले उनले राज्यका सैनिक र अधिकारीहरूलाई विवाह गर्न रोक लगाएका थिए । भ्यालेन्टाइनले त्यसको विरोध गर्दै रोमका मानिसलाई प्रेम र विवाह गर्न प्रेरित गरेका थिए । यति मात्रै होइनले उनले कयौं अधिकारी र सैनिकहरूलाई विवाहसमेत गराइ दिएका थिए । यो कदमबाट राजा आक्रोशित भई भ्यालेन्टाइनलाई पक्राउ गरी कारागारमा राख्दै फाँसीको सजाय सुनाइयो । कारागारमा मृत्यु कुरिरहेका भ्यालेन्टाइनको जेलरकी दृष्टिविहीन छोरी ज्याकोबससँग प्रेम भएको थियो । सुलीमा चढ्नुअघि भ्यालेन्टाइनले आफ्नी प्रेमिकालाई प्रेमपत्र लेख्दै त्यसको पुछारमा ‘लभ फ्रम योर भ्यालेन्टाइन’ उल्लेख गरेका थिए । उनले पत्रस“गै फूलका गुच्छाहरूपनि उपहार पठाएका थिए । सुली चढ्ने बेला भेलेन्टाइनले जेलरलाई भनेका थिए, ‘म मरेपछि मेरो आँखा तपाईंकी दृष्टिविहीन छोरीलाई दिनुहोला ।’
ई.स.२६९ फेब्रुअरी १४ मा उनलाई सुलीमा चढाएको दिनलाई प्रेम दिवस मनाउन थालिएको हो ।सन् १९६९ मा क्याथोलिक चर्चका ११ जना पादरीले सेन्ट भ्यालेन्टाइनको पुष्टि गर्दै १४ फेब्रुअरीलाई उनको सम्मानमा प्रेम दिवस मनाउने उद्घोष गरेका थिए । त्यसयता यो पर्व मनाउन थालिएको भनाइ पनि छ ।
एक अर्को प्रसंग, रोममा धेरै पहिले ‘लुपरकालिया’पर्व मनाउने चलन थियो । फेब्रुअरीको मध्यतिर मनाइने यो पर्वमा केटाहरूले बक्समा राखिएका केटीहरूको नाम लेखिएको चिठ्ठा तान्ने परम्परा थियो । चिठ्ठामा नाम उल्लेख भएकी केटी चिठ्ठा तान्ने केटाको ‘गर्लफ्रेन्ड’ बन्नुपथ्र्यो । कहिलेकाहीँ दुवैले विवाह पनि गर्थे । पछि त्यहाँका चर्चले यसलाई क्रिश्चियनको पर्वका रूपमा र सेन्ट भ्यालेन्टाइनको सम्झनामा मनाउन थाले । त्यसपछि मानिसले आफ्नो प्रेम अभिव्यक्त गर्नका लागि सेन्ट भ्यालेन्टाइनको नाम प्रयोग गर्न थाले ।
साताव्यापी प्रेम दिवस
पछिल्लो समय ‘भ्यालेन्टाइन डे’ अर्थात् प्रेम दिवस साताव्यापी रूपमा मनाउन थालिएको छ । यसो हुनुको प्रमुख कारण यो दिवसलाई बजारीकरणमा जोड्नु हो । त्यसैले यो दिवस लक्षित विभिन्न उत्पादन (चकलेट, गुलाब, टेडी बियरलगायत) बजारमा छ्यापछ्याप्ती भेटिन्छन् । साताव्यापी प्रेम दिवस फेब्रुअरी ७ बाट सुरु भई फेब्रुअरी १४ सम्म चल्छ ।
‘रोज डे’ ः फेब्रुअरी ७ लाई ‘रोज डे’ का रूपमा मनाइन्छ । भ्यालेन्टाइन दिवसको यो पहिलो दिन प्रेमिल जोडीहरूले प्रेमको प्रतीक मानिएको ‘गुलाब’ फूल साटासाट गर्छन् । प्रेमी जोडीले एक–अर्कालाई रातो गुलाब दिएर परस्पर प्रेम साट्छन् । यसैगरी, रातो गुलाबबाहेक अन्य रंगको फूल आफ्ना मित्र र परिवारलाई दिएर पनि यो दिवस मनाइन्छ । यसो गर्नु मित्र र परिवारमा सकारात्मक भावनाको संचार हुने विश्वास धेरैको छ ।
‘प्रपोज डे’ ः हरेक वर्षको फ्रेबुअरी ८ लाई ‘प्रपोज डे’ का रूपमा मनाइन्छ । प्रेम अभिव्यक्त गर्ने यो दिवसमा आफूलाई मन परेको व्यक्तिलाई ‘प्रपोज’ गरिन्छ । यो दिवस भ्यालेन्टाइन साताको दोस्रो दिन मनाइन्छ । तपाईं विवाहित हुनुहुन्छ भने आफ्नो जीवनसाथीलाई खास र फरक शैलीमा प्रेम अभिव्यक्त गर्न सक्नुहुन्छ । यसले सम्बन्ध बलियो र प्रगाढ हुनेछ ।
‘चकलेट डे’ ः हरेक वर्षको फेब्रुअरी ९ लाई ‘चकलेट डे’ का रूपमा मनाइन्छ । प्रेम र सम्बन्धमा मिठास खोल्नका लागि भ्यालेन्टाइन साताको तेस्रो दिन चकलेट डेका रूपमा मनाइन्छ । यो दिवसमा मानिसले एक–अर्कालाई चकलेट बाँडेर मुख गुलियो पार्छन् ।
‘टेडी डे’ ः भ्यालेन्टाइन साताको चौथो दिन फेब्रुअरी १० लाई ‘टेडी डे’ का रूपमा मनाइन्छ । भनिन्छ–कठोर भन्दा कठोर व्यक्तिको ह्दयको एउटा कुनामा कोमल मन पनि रहेको हुन्छ, जुन एउटा बच्चाले झंै व्यवहार गर्न उत्प्रेरित गर्छ । यो दिवसमा तपाईंलाई एक पटक फेरि बच्चाझैं बन्न सहयोग गर्छ । यो दिवसमा जोडीहरू एक–अर्कालाई टेडी बियर उपहार दिन्छन् । खासगरी यो केटीहरूको विशेष दिनका रूपमा मनाइन्छ । किनभने केटीहरूलाई स्टफ्ट खेलौना बढी मन पर्छ ।
‘प्रोमिस डे’ ः हरेक वर्षको फेब्रुअरी ११ लाई ‘प्रोमिस डे’ का रूपमा मनाइन्छ । विवाहमा पनि सात फेरो र सात बचन हुन्छ । जहाँ प्रेम हुन्छ त्यहाँ कसम र वाचाहरू हुनु स्वाभाविकै हो । यो दिवसमा प्रेमिल जोडीहरू परस्पर प्रेमले भरिएका वाचाहरू पूरा गर्न कसम खाने गर्छन्,त्यो कहिले नछुटिने कसम हुनेगर्छ । साथै आफ्ना पार्टनरलाई प्रेमको एकिन गराउँदै केही विशेष वाचाहरू गर्न यो दिवसले अवसर प्रदान गर्छ ।
‘हग डे’ ः भ्यालेन्टाइन साताअन्तर्गत फेब्रुअरी १२ लाई ‘हग डे’ का रूपमा मनाइन्छ । यो दिन आफ्ना प्रियजनहरूसँग ‘हग’ गरी एक–अर्कामा असीम प्रेमको संचार गराउने प्रयास गरिन्छ । केही नबोलिकनै मुटु र मनको कुरा आफ्ना पार्टनरसम्म पु¥याउने माध्यम अंगालो मार्नेबाहेक अरु के हुन सक्ला ? त्यसैले यो दिन जोडीले एक–अर्कालाई अंगालो मारेर परस्पर प्रेमको संचार गर्छन् ।
‘किस डे’ ः भ्यालेन्टाइन साताअन्तर्गत फेब्रुअरी १३ लाई ‘किस डे’ का रूपमा मनाइन्छ । जब तपाईंको प्रेमको तह निकै माथि पुग्छ तब माया संचार गर्ने माध्यमको आवश्यकता पर्छ । यो अवस्थामा प्रेमी जोडीहरू एक–अर्कालाई प्रेमपूर्वक चुम्बन गरी माया व्यक्त गर्छन् । यसले जोडीलाई छुट्टै रोमाञ्चकता प्रदान गर्न सक्छ ।
‘भ्यालेन्टाइन डे’ ः फेब्रुअरी १४ मा भ्यालेन्टाइन डेका रूपमा मनाइन्छ । यो दिन प्रेमी जोडीको मायाको परीक्षाको फाइनल हो । प्रेम परीक्षा उत्तीर्ण हुनेहरू अर्को चरणमा पुग्छन् । तिनको प्रेम झनै गहिरो हुन सक्छ ।