झिलिमिली तिहार
तिहारको बेला बजारमा बेग्लै रौनक देख्न सकिन्छ । रंगीबिरंगी लाइटदेखि भगवान्का मूर्ति, मैनबत्ती, फूल, सजावटका सामग्री बजारमा छ्यापछ्याप्ती हुन्छन् । यो पर्वमा थुप्रै सामग्रीको किनमेल गरिन्छ ।

ई–आर्ट्स नेपालले आयोजना गरेको ८ औं संस्करणको ‘हिमालयन आर्ट फेस्टिभल २०२५’ शुक्रबार बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा सुरुवात भएको छ । सप्ताहव्यापी महोत्सवको उद्घाटन ‘शार्क ट्याङ्क नेपाल’ का पाँचै शार्क—अग्नि ग्रुपका अध्यक्ष क्याबिनेट श्रेष्ठ, आईएमी ग्रुपका सह–संस्थापक हेमराज ढकाल, निम्बस होल्डिङका निर्देशक आनन्द बगरिया, टोयोटा नेपालकी प्रबन्ध निर्देशक ऋतुसिंह वैद्य र पद्म ज्योति ग्रुपका निर्देशक सौरभ ज्योती—ले संयुक्त रूपमा उद्घाटन गरेका थिए ।
उद्घाटन समारोहमा वरिष्ठ कलाकार तथा डिजाइनर श्यामदास अशान्तलाई सम्मान गरिएको थियो । साथै, दिवंगत कलाकार प्रशान्त श्रेष्ठको स्मृतिमा स्थापना गरिएको ‘प्रशान्त स्कलरसीप अवार्ड २०२५’ पनि प्रदान गरियो । सन् २००३ देखि दिइदै आएको यो छात्रवृत्ति नव–युवा कलाकारहरूको प्रोत्साहन र विकाससँग सम्बन्धित छ । फाइन आर्ट्स कलेज, सिर्जना कलेज अफ फाइन आर्ट्स र काठमाडौं विश्वविद्यालयका कला विभागका विद्यार्थीहरूलाई सम्मानित गरिन्छ । यो वर्षको फेस्टिभलमा १ सय ४० भन्दा बढी नेपाली कलाकारका पेन्टिङ, पौभा, मूर्तिकला, प्रिन्ट मेकिङ, इन्स्टलेशन, सेरामिक्सलगायतका विधाका उत्कृष्ट कृतिहरू प्रदर्शनीमा राखिएका छन् । महोत्सव साउन २९ गतेसम्म चल्नेछ । कलाकार आशा डंगोलका अनुसार, यो फेस्टिभलले नेपाली कर्पोरेट क्षेत्रलाई कलामा लगानी गर्न प्रेरित गर्ने मात्र नभई, स्थानीय संग्राहक र कला प्रेमीलाई प्रत्यक्ष रूपमा कला अभ्याससँग जोड्ने सेतुका रुपमा काम गर्नेछ ।