Successfully Copied


मेष
कुनै कामले यात्रा हुनसक्छ । अनपेक्षित रह“दै काम गर्नुपर्ने बेला छ । झिनामसिना कुराबाट परै रहे सम्भावित विवादबाट बच्न सकिन्छ । पारिवारिक खुसीका निमित्त केही खर्च हुनसक्छ । दाम्पत्य जीवनमा राम्रो समझदारी कायम रहनेछ । नवविवाहित जोडीको कतै घुम्न जाने संयोग जुर्नसक्छ । आर्थिक एवं व्यापारिक दुवै पक्ष सुदृढ रहनेछन् । मुटु, पेट एवं ग्यास्टिकका बिरामीहरूले खानपानमा ख्याल गर्नुपर्नेछ ।

वृष
चोटपटक लाग्ने सम्भावना भएकाले जुनसुकै काम गर्दा सतर्क रहनुपर्नेछ । शान्त एवं धैर्य भई सकारात्मक सोचका साथ काम गर्दा सहज ढंगले काम पूरा हु“दै जानेछन् । श्रीमान्बाट माया र सहयोग प्राप्त हुनेछ । पारिवारिक सुख–समृद्धि बढ्नेछ । कतैबाट आकस्मिक उपहार प्राप्त हुनसक्छ । व्यक्तिगत कामका लागि समय दिन भ्याइनेछ ।

मिथुन
योजनानुसार सबै काम सम्पन्न हु“दै जानेछन् । कतैबाट सम्मानित हुने अवसर मिल्नेछ । नया“ जागिर प्राप्त हुने प्रबल सम्भावना छ । कामविशेषले कतैको यात्रा हुनसक्छ । धार्मिक काममा सहभागी हुने मौका जुर्नेछ । कसैकसैको लगनगा“ठो कसिनसक्छ । कुनै प्रतिस्पर्धात्मक काममा सफलता मिल्नेछ । व्यक्तिगत खुसीकालागि पनि समयको व्यवस्थापन हुनेछ । अनावश्यक खर्चको योग भएकाले किनमेल गर्दा विचार गर्नुपर्ने बेला छ ।

कर्कट
क्रमशः सबै समस्या समाधान हु“दै जानेछन् । स्वास्थ्यस्थितिमा सुधार आउनेछ । माइतीपक्षसित रमाइलो भेटघाट हुनेछ । काम गर्दा विभिन्न माध्यमबाट सहयोग पाइनेछ । कसैको प्रेमसम्बन्धले विवाहको रूप लिनसक्छ । जोडीबाट अपेक्षित साथ र सहयोग मिल्दा दाम्पत्य जीवन सुखमय रहनेछ । घरका केही सामग्रीमा हेरफेर हुनसक्छ । साथीहरूसित रमाइलो जमघट हुनसक्छ । व्यक्तिगत कामकालागि केही सामानको जोहो हुनसक्छ । कतैबाट आकस्मिक उपहार प्राप्त हुनसक्छ

सिंह
काम गर्दा सानातिना अवरोधका साथै मौसमी स्वास्थ्य समस्या आउनसक्छन् । आफ्नै प्रभुत्वमा सबै काम सम्पन्न हुनेछन् । मान–सम्मान एवं सुख–सुविधाको पनि ख्याल गरिनेछ । काम गर्दा विभिन्न माध्यमबाट सहयोग प्राप्त हुनेछ । तपाईंको वाकपटुता र कार्यकुशलताको समाजमा चर्चा हुनसक्छ । व्यक्तिगत काममा सफलता मिल्नेछ । महिनाको उत्तराद्र्धमा समस्याको निराकरण हुनुका साथै काम गर्ने जा“गर पनि बढ्नेछ ।

कन्या
धार्मिक, सामाजिक, शैक्षिक एवं न्यायिक कार्यमा सफलता मिल्नेछ ।सकारात्मक विचारका साथ काम गर्दा सबै काम सहज हु“दै जानेछन् । आफ्नो कार्यक्षेत्रमा सफलता प्राप्त गर्ने अवसर मिल्नेछ । छोराछोरीबाट सुख एवं सन्तोष मिल्नेछ । आर्थिक पक्ष सुदृढ रहनेछ । कतैबाट उपहार प्राप्त हुनसक्छ । कसैलाई सन्तान लाभको योगछ । दाम्पत्य जीवनमा अपेक्षित समझारी कायम रहनेछ । अनपेक्षित विवादबाट बच्न बोली एवं व्यावहारिक काममा सजगता अपनाउनुहोला । सकेसम्म ख्यालठट्टा नगर्नु नै राम्रो हुनेछ ।

तुला
कुनै कामविशेषले कतैको यात्रा हुनसक्छ । कसैकसैको यो महिनामा नया“ घरमा प्रवेश हुनसक्छ । पारिवारिक वातावरण सुखमय रहनेछ । कसैकसैको घरमा नया“ सदस्यको आगमन हुनसक्छ । प्रायः सबै काम तपाईंकै निर्देशनमा सम्पन्न हुनेछन् । नया“ साथीसित मित्रता गा“स्ने अवसर मिल्नेछ । कुनै धार्मिक कार्यक्रममा सहभागी हुने मौका मिल्नसक्छ । पेटका बिरामीहरूले आफ्नो स्वास्थ्य र खानपानमा विशेष ख्याल गर्नुपर्ने बेला छ ।

वृश्चिक
स्वास्थ्यस्थिति राम्रो हुनुका साथै काम गर्ने जा“गर पनि बढ्नेछ । योजनानुसार काममा सफलता मिल्दै जानेछ । व्यापारिक क्षेत्रबाट आर्थिक लाभ हुनेछ । नवीन रोजगारीको सम्भावना छ । प्रतिस्पर्धात्मक कार्यमा सफलता मिल्नेछ ।सकारात्मक सोचले गन्तव्य छिचोल्न सहयोग पु¥याउनेछ । कसैको कुरा चित्त नबुझेको खण्डमा तुरुन्त प्रतिक्रिया नदिनुहोला । एक–अर्काको भावना बुझेर काम गरे दाम्पत्य जीवन सुखमय रहनेछ ।

धनु
पारिवारिक जिम्मेवारी बढ्नेछ । सन्तानको खुसीकानिम्ति कुनै कुरामा सम्झौता गर्नुपर्ला । टाउको, आ“खा, पेट एवं मुटुका बिरामीहरूले स्वास्थ्यको विशेष ख्याल गर्नुपर्ने बेला छ । छिमेकीहरूले यताउताका कुरा गरी तपाईंलाई अलमल्याउन सक्छन् । आफ्नो गोपनीयतामा जोड दिनुहोला । आत्मसम्मानको ख्याल गर्दै आत्मविश्वासी हु“दै काम गर्नुपर्ने बेला छ । दाम्पत्य जीवनमा एक–अर्कालाई समय दिन सकेमा सम्बन्धमा मधुरता थपिनेछ । अनपेक्षित अपजसबाट बच्न आफ्नो कर्तव्यमा अडिग रहनुहोला ।

मकर
पारिवारिक भेटघाट हुनेछ । आपूmले चाहेअनुसार सबै कुरा मिल्दै जानेछन् । कामविशेषले विशिष्ट व्यक्तिसित भेटघाट हुनसक्छ । कुनै वैवाहिक समारोहमा सहभागी हुनपर्ला । नया“–पुराना साथीहरूसित भेट्ने मौका जुट्नेछ । आर्थिक एवं व्यापारिक दुवै क्षेत्र सुदृढ रहनेछन् । कहिलेकाही“ कुनै काममा अनपेक्षित अपजस आइलाग्न सक्छ । जुनसुकै काम गर्दा बोली र व्यवहारमाख्याल गर्नुपर्ने बेला छ । कामका साथै स्वास्थ्य र खानपानमा पनि जोड दिनुपर्नेछ ।

कुम्भ

काम गर्ने पराक्रम बढ्नुका साथै शरीर पनि स्वस्थ रहनेछ । मनमा भएको चिन्ता हटेर जानेछ । आर्थिक पक्ष सुदृढ रहनुका साथै व्यापारिक क्षेत्र पनि सफल रहनेछ । कतैबाट कुनै कुराको आकस्मिक लाभ हुनसक्छ । कतै घुमघाम गर्ने मौका जुर्नेछ । इष्टमित्र एवं साथीहरूसित भेटघाट गर्ने अवसर मिल्नेछ । मनमा कुनै नया“ काम गर्ने सोच आउनसक्छ । केही समय माइती गएर बस्ने मौका मिल्नसक्छ । व्यक्तिगत खुसीकालागि कुनै कुराको किनमेल हुनसक्छ ।

मीन

योजनानुरूप सबै काममा सफलता मिल्दै जानेछ । प्रायः सबै काम तपाईंकै निगरानीमा सम्पन्न हुनेछन् । कसैकसैलाई आफ्नो कार्यक्षेत्रबाट सम्मान मिल्नसक्छ । पारिवारिक सुख–समृद्धि बढ्नेछ । व्यक्तिगत काममा सफलता मिल्नेछ । आफ्नो चाहनानुसार खानपान, घुमघाम एवं किनकान गर्ने मौका मिल्नेछ । कसैले तपाईंलाई भड्काउने प्रयास गर्नसक्छन्, सतर्क रहनुहोला । यात्रा गर्दा मालसामानको ख्याल गर्नुपर्ने बेला छ । कहिलेकाही“ एकाएक मन उदास हुनसक्छ, आपूmलाई सकारात्मक सोचमा ढाल्ने प्रयास गर्नुहोला ।

 Image