Successfully Copied

क्रेडिट कार्ड मिस्टेक

कहिलेकाहीँ असावधानीका कारण क्रेडिट कार्डको प्रयोग निकै नोक्सानदायक साबित हुनसक्छ ।

हिजोआज क्रेडिट कार्डको प्रयोग सहुलियतका साथै आवश्यकता पनि बन्दै गएको छ । कहिलेकाहीँ असावधानीका कारण क्रेडिट कार्डको प्रयोग निकै नोक्सानदायक साबित हुनसक्छ । प्लास्टिक मनी अर्थात् क्रेडिट कार्डले घाटा पारिरहेको छ भन्ने लाग्यो भने त्यसको प्रयोग रोक्नु नै बुद्धिमानी हुन्छ । 

बिल चुक्ता नगर्नु 

कतिपय क्रेडिट कार्ड प्रयोगकर्ता क्रेडिट कार्डको बिल पूर्णरूपमा भुक्तान गर्नुको साटो आधा अधूरो भुक्तान गर्छन् । यसो गर्दा ब्याज ज्युँकात्यँु रहन्छ । कहिलेकाहीँ खप्टेर जस्ताको तस्तै पैसा बाँकी रहन्छ । यो क्रम एकपटक प्रारम्भ भएपछि निरन्तर चलिरहन्छ । जबसम्म कार्डको भुक्तान चुक्ता गरिँदैन तबसम्म क्रेडिटको ऋण चुलिइरहन्छ । त्यसैले कार्डको पूरै रकम भुक्तान गर्नुपर्छ । 

समयमा भुक्तान नगर्नु 

जसरी इएमआइ तथा अरु ऋण समयमा भुक्तान गरिन्छ । क्रेडिट कार्डको भुक्तान पनि समयमै गर्नुपर्छ । यसको भुक्तानी ड्यु डेटअघि नै गर्नुपर्छ । समयमा भुक्तान नगर्दा दोहोरो नोक्सानको भागिदार बन्नुपर्छ । त्यसैगरी बैंकमा आफ्नो इमेज पनि बिग्रन्छ । त्यसैगरी समयमा पैसा नतिर्दा ब्याज पनि चुलिन थाल्छ । यसरी क्रेडिट कार्ड नोक्सानदायक साबित हुनसक्छ । 

क्रेडिट कार्डलाई एटिएम सम्झनु

मानिसहरू सजिलो हुने भएकाले क्रेडिट कार्डबाट नगदसमेत झिक्छन् । क्रेडिट कार्ड छ भने किन एटिएमबाट पैसा निकाल्ने भन्ने पनि हुन्छ । कतिपय मानिस बैंक खातामा पैसा नभए पनि क्रेडिट कार्ड प्रयोग गर्छन् । यो निकै घाटाको व्यापार  हो । क्रेडिट कार्डबाट पैसा निकाल्दा त्यसको शुल्क तिर्नुपर्छ । सम्भव भएसम्म क्रेडिट कार्डबाट पैसा निकाल्नु हुँदैन । 

साथीभाइलाई आफ्नो क्रेडिट कार्डबाट किनमेल गराउनु

आफ्ना साथीभाइलाई सहयोग गर्नु निकै राम्रो कुरा हो तर उनीहरूलाई क्रेडिट कार्डको माध्यमले सहयोग गर्नुहँुदैन । त्यसले आफूलाई समस्यामा पार्नसक्छ । 

घर भाडा तथा ऋणको भुक्तानी 

घर भाडा तथा कुनै प्रकारको ऋण तिर्न क्रेडिट कार्ड प्रयोग गर्नु हँुदैन । यसले क्यास ब्याक हुँदैन । कुनै–कुनै ठाउँमा किनमेल गर्दा क्यास ब्याकको अफर हुन्छ । यसलाई किनमेलको प्वाइन्टका आधारमा उपभोग गर्न सकिन्छ जुन फाइदाजनक हुन्छ तर घरको भाडा, ऋण, यात्रा भाडा आदिको भुक्तानीका लागि क्रेडिट कार्डको  प्रयोग फाइदाजनक मानिँदैन । 

मासिक स्टेटमेन्ट जाँच नगर्नु 

कतिपय मानिस क्रेडिट कार्डको विषयमा निकै लापरबाह हुन्छन् । उनीहरू कार्डको महिनावारी स्टेटमेन्ट पनि जाँच गर्दैनन् । जब कि महिनावारी स्टेटमेन्ट जाँच्नु निकै जरुरी हुन्छ । यसबाट आफ्नो महिनावारी खर्च कति छ भन्ने जानकारी हुन्छ । 

धेरै कार्ड जम्मा पार्नु 

कतिपय मानिस आफ्नो आवश्यकताभन्दा बढी क्रेडिट कार्ड जम्मा पार्छन् । यो निकै खराब कुरा हो । जति धेरै क्रेडिट कार्ड भयो उति धेरै खर्च हुन्छ । किनभने क्रेडिट कार्डको महिनावारी चार्ज भुक्तान गर्नुपर्छ । त्यसैगरी बढी क्रेडिट कार्ड राख्दा त्यसले क्रेडिट स्कोरमा समेत असर पुर्‍याउँछ । 

अनावश्यक खरिद 

विभिन्न शोधअनुसार क्रेडिट कार्ड राख्नेहरू बढी किनमेल गर्छन् । क्रेडिट कार्डबाट खरिद गर्दा पैसा कति गयो भन्ने पत्तो नहुनसक्छ । नगद भुक्तान गरेर खर्च गर्दा निकै विचार पुर्‍याइन्छ तर क्रेडिट कार्ड प्रयोग गर्दा त्यसको हेक्का हँुदैन । 

क्रेडिट लिमिटभन्दा बढी खर्च 

विशेषत: क्रेडिट कार्ड कम्पनीहरूले आफ्ना ग्राहकलाई खर्च गर्ने एउटा सीमा निर्धारित गरिदिएका हुन्छन् । उक्त सीमामा रहेर खर्च गर्नुपर्छ । लिमिट सिध्याउनैका लागि अनावश्यक खर्च गर्नु हुँदैन । 

 Image