Successfully Copied

ग्याजेट तथा होम अप्लाइन्सेसमा नयाँ प्रविधि

३३ सयदेखि ३५ सय ९० रुपैंयाँ पर्ने यस्ता कुकर मल्टी प्रपोज मात्र होइनन् मल्टी प्रयोग गर्न सकिने खालका छन् ।

बजारमा ग्याजेट तथा होम अप्लाइन्सेसमा नयाँ–नयाँ प्रविधि भित्रिइरहेका छन् जसले मानिसको दैनिक जीवनलाई सहज बनाउने मात्र होइन मनोरञ्जन प्रदान गरी दिचर्यालाई नै स्र्फुत बनाउन सहयोग गरिरहेका छन् । बजारमा उपलब्ध यस्ता प्रविधिले युवापुस्तादेखि लिएर वृद्धवृद्धाहरूमा समेत प्रभाव जमाइसकेका छन् ।

चौधरी गु्रपको पिजन ब्रान्डले बजारमा ल्याएको कालो रंगको कडाइ र प्रेसर कुकरको एउटै सेटमा तीनवटा बिर्का छन् जसले एउटै भाँडोमा भात पकाउन, तरकारी पकाउन र म:म स्टिम गर्न मिल्छ । ३३ सयदेखि ३५ सय ९० रुपैंयाँ पर्ने यस्ता कुकर मल्टी प्रपोज मात्र होइनन् मल्टी प्रयोग गर्न सकिने खालका छन् । हरेक सिजी शोरुममा उपलब्ध यो कुकर व्यस्त महिलाका लागि निकै उपयोगी छ । आजको व्यावसायिक जमानामा हरेक व्यस्त मानिसले जतिसक्दो छिटो काम सम्पन्न गर्नुपर्ने हुन्छ । यही कुरालाई मध्यनजर राख्दै चौधरी ग्रुपले बजारमा ल्याएको हाइ भोल्टेज मिक्स्चर र इन्डक्सन बेस्ड फास्ट कुकिङ तावा अहिले चल्तीमा छ ।

९ सय ५० रुपैंयाँदेखि १२ सय ५० रुपैंयाँ पर्ने यस्ता तावाको ठूलो माग रहेको वल्र्ड ट्ेरड सेन्टर त्रिपुरेश्वरस्थित सिजी डिजिटल वल्र्डकी म्यानेजर रिना झा बताउँछिन् । झा अनुसार अहिले बजारमा निस्किएका जति पनि होम अप्लाइन्सेस छन् ती व्यावसायिक तथा समय कम भएकाहरूमा केन्द्रित छन् । यही कम्पनीले उत्पादन गरेको ब्याट्रीबाट चल्ने टेलिभिजन पनि लोडसेडिङको समयमा निक्कै उपयोगी छ । गर्मी मौसममा मोबाइलमा पंखाको काम गर्ने सिजी युएसबी फ्यान अहिले युवाहरूमाझ अत्यन्तै डिमान्ड भएको ग्याजेट हो । चौधरी ग्रुपकै यो उत्पादन भर्खरै मात्र बजारमा आएको लेटेस्ट टेक्नोलोजी हो जसले एकजनाका लागि शीतलता प्रदान गर्ने काम गर्ने सेल्स एक्ज्युकेटिभ आकाश तामाङ बताउँछन् । आकाशका अनुसार प्रचण्ड गर्मीमा यसले दिने शीतलता म्यासेन्जरमा आफ्ना प्रेमीसँग गरिने च्याटको आनन्द भन्दा कम हुँदैन ।

सिजी विड्स सेट अर्को नयाँ ग्याजेट हो जुन भर्खरै मात्र बजारमा आएको छ । यसमा ब्लु टुथ कनेक्सन गरेर जुनसुकै ठाउँमा पनि आफूले चाहेको म्युजिक सुन्न सकिन्छ । सामसुङ होम अप्लाइन्सेसअन्तर्गत भर्खरै मात्र बजारमा भित्रिएको अटो क्यामेरा फिटिङ भएको रेफ्रिजेरेटर समय कम भएकाहरूका लागि अत्यन्तै उपयोगी छ । यसभित्र फिट गरिएको क्यामेराले फ्रिजभित्रका हरेक सामग्रीको फोटो खिच्ने काम गर्छ त्यति मात्र होइन बिग्रन लागेका फ्रिजभित्रका सामानको फोटो खिची डिस्प्ले गरिदिन्छ ताकि उक्त सामग्री समयमै बाहिर निकाल्न सकियोस् र त्यसले अन्य सामग्री नबिगारोस् । 

ज्योति गु्रपले नेपाल भित्र्याएको फिलिप्स ब्रान्डको इयर प्युरिफायर कोठाभित्र अक्सिजनसहितको स्वच्छ हावा फ्याँक्ने उपयोगी विद्युतीय सामग्री हो । यसलाई किन नेपाल भित्र्याइयो भन्ने प्रश्नको उत्तरमा ज्योति ग्रुपकी अनिरा ज्योति भन्छिन्–काठमाडौंमा प्रदूषण बढ्दो छ । हामीले श्वास लिँदा कत्ति स्वच्छ श्वास लिइरहेका छौं भन्न कठिन छ । यो हाम्रो प्रत्यक्ष स्वास्थ्यसँग जोडिएको विषय हो तसर्थ प्रत्येक मानिसको स्वास्थ्यलाई ध्यानमा राख्दै हामीले यो सामग्री नेपाल भित्र्याएका हौं ताकि हरेक नेपालीले दूषित श्वास लिनु नपरोस् । कोठामा जडान गरेपछि यसले फ्याँक्ने स्वच्छ र स्वस्थ हावाले आवश्यक मात्रामा अक्सिजन उपलब्ध गराउँछ । 

एलजीको रोबोर्टिक भ्याकुम निकै सुन्दर देखिन्छ । यसले निश्चित एरियाको फोहोरलाई क्षणभरमै सफा पार्ने काम गर्छ । मोबाइल स्क्रिन क्यामेराद्वारा कन्ट्रोलरको काम गर्न सकिने यो ह्याण्डी भ्याकुम क्लिनरले मोबाइल क्यामेराले निश्चित गरिदिएको एरियाभित्र सफाइको काम गर्छ । हायर ब्रान्डको रोबोर्टिक रेफ्रिजेरेटरले पेय पदार्थलाई चिसो पार्ने काम मात्र गर्दैन आफ्नै सामुन्ने बियर, वाइन वा सफ्ट ड्रिंक्स सर्भ गर्ने कामसमेत गर्छ तर यो रेफ्रिजेरेटर नेपालमा उपलब्ध छैन । एलजीको पछिल्लो उत्पादन फास्ट एण्ड फेयर डिसवासरले भाँडा सफा गर्ने मात्र होइन माझिएका भाँडामा लागेको पानीको दागलाई समेत सेन्सर क्यामेराले बाहिरै प्रस्ट देखाइदिन्छ । त्यसलाई मेटाउन अर्को स्विच दबाएपछि भाँडा सफा हुनुका साथै पानीको बचतसमेत हुन्छ । यसका लागि ५९ मिनेट कुर्नुपर्ने हुन्छ । 

 Image