अहिलेको आर्थिक मन्दीले जताततै असर
महिलाले घरपरिवार, समाज र व्यावसाय दुवै हेर्नुपर्ने र सन्तुलनमा राख्नुपर्ने भएकाले सहज छैन तर यसका बावजुद पनि अवसर नभएका होइनन् । आत्मनिर्भर हुन, एक्सपोजर पाउन, विदेशी संस्कृतिबारे थाहा पाउन यसले सघाएको पनि छ ।
७९ वर्षिय गायक प्रेमध्वज प्रधानको बीएण्डबीमा न्यूरो सर्जन डा. प्रविण श्रेष्ठले अप्रेशन गरेका छन् । २ महिनाअघि टाउकोमा पानी र रगत मिसिएको देखिएपछि तत्कालै हस्पिटलमा भर्ना गरि सब डराल हेमोटोमाको अप्रेशन गरिएको थियो । तर फेरि उनको टाउकोबाट त्यस्तै पीप देखिन थालेपछि अमेरिकावाट ठूलो छोरा गायक प्रशन्नध्वज प्रधानले डा. प्रविण श्रेष्ठ सल्लाह गरेर पुन: अप्रेशन गराएका हुन् । ब्रेनसम्बन्धी यस्ता रोग लागेकाहरु हेर्दा ठीकजस्तो देखिए पनि समयमै यसको जानकारी नभए धेरै डरलाग्दो हुनसक्छ । यो रोग लाग्दा बोलाइ, हिँडाइ लरबरिने, टाउको दुख्ने आदि लक्षण देखा पर्छन् । उनी अहिले अप्रेशनपछि आइसीयूमा छन् । गायक प्रधानले गाएका घुम्तीमा नआऊ है, माया नमार मायालु, पर लैजाऊ फूलहरु, तारा मात्रै हैन तिमीलाई, तोरी फुल्यो, हाँस्ने रहरहरू, नमान लाज यसरी, पल पल चुमेर, तिमीलाई अचेल कहाँ भेटुँ जस्ता गीत आज पनि उत्तिकै लोकप्रिय छन् ।