राजनीतिमा अभिनेतृ एलिजा
मोडल तथा अभिनेतृ एलिजा गौतम राजनीतिमा प्रवेश गरेकी छन् ।

कोरोना महामारी नहुँदो हो त आनाकुमारी ढकालको बाटो अन्तै मोडिएको हुन्थ्यो । लकडाउनले घरको कोठामै बन्दीबनाइदियो । अनि त उनलाई आफ्नो रुचि र प्यासनलाई पछ्याउन मन लाग्यो । उनलाई वर्षौंदेखिको रङसँग खेल्ने रहर पूरा गर्नु थियो । यही समय उनले मौका पाइन् । कोठामै बसेर रङमा रमाउन थालिन् र प्रकृतिसँग खेल्न थालिन् ।
रङमा रमाउन थालेको चार वर्ष पुग्दा उनी कलाकारका रूपमा परिचित भइसकेकी छन् । ‘कोरोना र लकडाउनले नै म चित्रकार बनें । मैले आफ्नो रहर पूरा गर्न पाएँ,’ उनी खुसी छिन् ।
चितवनकी आनाले एमबीए अध्ययन पूरा गरेकी छन् । बैंकिङ र व्यवसाय क्षेत्रमालाग्न उनको शिक्षाले अवसर दिने भए पनि कहिल्यै जागिर खोजिनन् । विदेश जाने रहर पनि पलाएन रे उनलाई । जागिर गर्ने इच्छा नभएकै कारण दुई दिन मात्र जागिर खाएको बताउँछिन् उनी ।
उनी घरकै स्टुडियोमा रमाउँछिन् । रङ र फूल उनका साथी हुन् । गार्डेनिङ गर्नु उनको अर्को रुचि हो । यसमा श्रीमान्देखि परिवारको साथ पाएकी छन् । क्यानभासमा आफूलाई इतिहासका कुरा खोतल्ने मन लाग्ने बताउँछिन् । उनको क्यानभासमा पुराना बौद्ध स्तूपाका चित्रदेखि नेपालको सुन्दरता देख्न सकिन्छ ।
पेन्टिङमा लाग्न थप प्रोत्साहन उनले परिवारबाटै पाएकी छन् । नेपालका चर्चित चित्रकार मनोजबाबु मिश्रकी नातिनी बुहारी भएका नाताले उनलाई थप हौसला मिलेको हो । नयाँनयाँ सिर्जनका लागि उनी पुराना पेन्टिङनियाल्छिन् । इतिहास खोज्छिन् । पुस्तक पढ्छिन् । ‘आँखा चिम्लदा नै पेन्टिङ आउँछ, जसलाई म क्यानभासामा उतार्छु,’ उनले सुनाइन् । मनका उब्जिएका भावनालाई पनि उनले पेन्टिङमार्फत क्यानभासमा उतार्ने गरेकी छन् ।उनका अनुसार कलाकारका लागि पेन्टिङ गर्नु उन्मुक्त हुनु हो । कलाकारको भावना पोख्ने ठाउँ नै क्यानभास रहेको उनको भनाइ छ ।
पेन्टिङ सुरु गर्नुअघि उनमा अन्योल थियो । परिवारले विदेशमा अध्ययन गर्न जाने सुझाव दिए पनि मानिनन् । उनलाई नेपालमै केही गर्नु थियो । रङमा रमाउन थालेपछि उनको यो द्विविधा मात्रै हराएन विदेशको रहर पनि हरायो । अब उनलाई लागेको छ, पेन्टिङमै करिअर बनाउन सकिन्छ । आफ्ना कला उनले सोसल मिडियामा राख्ने गरेकी छन् । यसका लागि उनी आफै भिडियो खिची पोस्ट गर्छिन् । धेरैले सोसल मिडियामार्फत नै जानकारी लिन्छन् र धेरै पेन्टिङ बिक्री पनि भएका छन् ।
धेरैले उनलाई पेन्टिङमा लाग्न प्रोत्साहन गरिरहेका छन् । तर आफ्नो पेन्टिङमा उनी धेरै कमजोरी देख्छिन् । ‘आफ्नो पेन्टिङ आफूलाई धेरै मन पर्दैन, हेर्दै जाँदा धेरै कमीकमजोरीदेखिन्छन्, यसलाई सुधार गर्दै अघि बढ्ने अठोट छ,’ उनी भन्छिन् । पेन्टिङबाट नै राम्रो आम्दानी गर्न सकेकी उनले यसमा नै भविष्य र करिअर देखेकी छन् । उनी ढुक्क छिन्, ‘पेन्टिङबाट राम्रो आम्दानी गरेर यसलाई नै करिअर बनाउन सकिने रहेछ ।’