स्वादको कथा
पुस २४, २०७२ भोजनका सम्बन्धमा गणितीय नियम लागू हुँदैन । यसको ए बी सी डी निकै कठिन छ । वास्तवमा सन्तुलित भोजन के हो जान्नु आवश्यक छ । हामीले खाने सबै खाना पौराणिक कालदेखि चल्दै आएका छन् । अहिले आएका सबैजसो नयाँ प्रकारका खाना पुराना खाद्यवस्तुका परिस्कृत रूप मात्र हुन् । तिनै मकै, भटमास, उखु, चामलबाट दिनहुँ नयाँ–नयाँ खानाको जन्म भैरहेको छ । दिनहुँ खानपानमा निकै कसरत भैरहेको छ । अहिले खाद्यवस्तुलाई क्यालोरीअनुसार तयार गरिन्छ । बालकदेखि वृद्धसम्मलाई उनीहरूको क्यालोरी मापन गरी खाद्यवस्तु तयार गरिन्छ ।
तरकारी बढी प्रयोग हुने
आलु, प्याज एवं टमाटर तरकारीका लागि निकै लोकप्रिय मानिन्छन् । यी तरकारीबिना भान्साको कल्पना पनि अधूरो हुन्छ । विश्वमा टमाटर तथा आलुको खेती हुन्छ र सबैभन्दा बढी प्याज प्रयोगमा आउँछ । मिश्रमा आजभन्दा पाँच हजार वर्ष पहिले प्याजको तरकारी निकै लोकप्रिय थियो । युरोपमा पनि यसको प्रयोग बढी थियो । टमाटर हरेक रसिलो तरकारीमा प्रयोग गरिन्छ । टमाटरले भिटामिन सी प्रदान गर्छ ।
तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्