Successfully Copied

विवेक श्रेष्ठ–गायक, कन्दरा ब्यान्ड

कन्दरा ब्यान्डका गायक विवेक श्रेष्ठसंग महिलाप्रतिकाे धारणाामा कुराकानी

तपाईंको आदर्श व्यक्ति ?

आमा ।

तपाईंको जीवनमा महत्व राख्ने महिला ?

आमा, मेरी श्रीमती, दुई छोरी र मेरा सम्पूर्ण महिला प्रशंसकहरू ।

तपाईंको दृष्टिमा राम्रो स्वर भएका गायिका ?

मलाई पहिलेदेखि नै सुक्मित दिदीको स्वर मनपर्छ । अहिलेकोमा रजिना रिमालको स्वर मीठो छ ।

महिलाहरूका राम्रा पक्ष के–के छन्  ?

शालीन, समझदार तथा परिवारलाई महत्व दिने ।

नराम्रो पक्ष पनि होला नि ?

बढी परनिर्भर हुने, असुरक्षित महसुस गर्ने तथा पछाडि कुरा काट्ने बानी मन पर्दैन ।

बाटोमा कुनै राम्री युवती देख्नुभयो भने के गर्नुहुन्छ ?

एकपटक हेरिदिन्छु ।

सबैभन्दा राम्री लागेकी युवती ?

सबै नारी राम्रै हुन्छन् । सबैभन्दा राम्री महिला को हुन् भनेर सोचेकै छैन ।

आफ्नी श्रीमतीका बारेमा केही भनिदिनुहोस् न ?

मलाई एकदमै माया गर्ने, बालबच्चा एवं परिवारलाई पर्याप्त समय दिने, एउटी श्रीमतीले गर्नुपर्ने सबै कुरामा उत्तिकै सपोर्ट गर्ने । 

 Image