Successfully Copied

मेहेन्दी लगाउने उपयुक्त तरिका

हात राम्रो संग घुएर मात्र मेहन्दी लगाउनु उपयुक्त हुन्छ । हातमा मेहन्दी लगाइसकेपछि कम्तीमा २ देखि ३ घण्टा सुक्न दिनुपर्छ । हातमा लगाएको मेहन्दी सुक्नथालेपछि कागतीको रस र चिनीको मिश्रण दुई पटक लगाउनु पर्ने हुन्छ

मेहेन्दी लगाउने उपयुक्त तरिका 

    हात राम्रो संग घुएर मात्र मेहन्दी लगाउनु उपयुक्त हुन्छ ।

    हातमा मेहन्दी लगाइसकेपछि कम्तीमा २ देखि ३ घण्टा सुक्न दिनुपर्छ ।

    हातमा लगाएको मेहन्दी सुक्नथालेपछि कागतीको रस र चिनीको मिश्रण दुई पटक लगाउनु  पर्ने हुन्छ । जसको कारण हातमा मेहन्दी २ देखि ३ घण्टा राख्न सहज हुन्छ ।

    मेहन्दी सुकेपछि उत्त मेहन्दीको माथि कुनै पनि खान योग्य तेल लगाई १० मिनट पछि उत्त मेहन्दीलाई उक्काउनुपर्छ ।

    मेहन्दी लगाएको दिन मेहन्दी लगाएको हातमा पानी पर्न नदिने जस्को कारण मेहन्दी लामो  समय टिक्छ ।

    सुकेको मेहन्दी हातबाट हटाएपछि ८ देखि १० वटा ल्वाङ्ग तावामा राखी तताउने तातेको ल्वाङ्गको धुवाले उत्त मेहन्दी लगाएको हातमा सेक्ने यसो गर्नाले मेहन्दीको कलर गाढा बस्छ ।

    हातमा लगाएको मेहन्दीलाई आफै सुक्न दिने । मेहन्दी सुकाउन पंखाको प्रयोग नगरेको राम्रो । यसो गर्दा मेहन्दीको कलर कम लाग्छ ।

    मेहन्दी लगाउनु भन्दा अघि नङ्गमा पालिस लगाउनु बेस हुन्छ ।

मेहन्दीले जती रात हुदै गयो त्यती रङ्ग छाड्दै जान्छ, त्यसैले मेहन्दी साझ पख लगाएर अबेर राती उप्काउदा राम्रो हुन्छ ।

 Image