Successfully Copied

दाजुभाइ–दिदीबहिनी नहुनेहरूको तिहार

दिदीबहिनी दाजुभाइ नहुनेहरू भने यो चाडलाई पृथक् ढंगले हेर्छन् । तिहारको यमपञ्चकमध्ये महत्वपूर्ण मानिने भाइटीकाका सम्बन्धमा दिदीबहिनी दाजुभाइ नहुनेहरू के भन्छन् ? धेरैका लागि कौतूहलताको विषय हुनसक्छ ।

दाजुभाइ–दिदीबहिनी नहुनेहरूको तिहार  

दिदीबहिनी दाजुभाइ नहुनेहरू भने यो चाडलाई पृथक् ढंगले हेर्छन् । तिहारको यमपञ्चकमध्ये महत्वपूर्ण मानिने भाइटीकाका सम्बन्धमा दिदीबहिनी दाजुभाइ नहुनेहरू के भन्छन् ? धेरैका लागि कौतूहलताको विषय हुनसक्छ । 

वल्र्ड च्यारिटी अलायन्सका प्रबन्ध निर्देशक श्यामप्रसाद काफ्ले भाइटीकाले चेली र माइतीको आवश्यकता र महत्व बोध गराउने बताउँछन्–अरुबेला त्यति वास्ता नभए पनि भाइटीकाका बखत घरमा चेलीबेटी नहुँदा एक प्रकारको खल्लो अनुभव हुन्छ । मनैदेखि उनीहरूको आवश्यकता खट्किन्छ । साथीभाइको घरमा चेली आएको देख्दा हाम्रा पनि दिदीबहिनी भैदिए हुन्थ्यो भन्ने चाहना हुनु अस्वाभाविक पनि होइन । श्यामका अनुसार सम्भवत: घरमा दाजुभाइ नभएकाहरूलाई पनि यस्तै अभाव र चाहना खड्किँदो हो । उनले बुझ्ने भएदेखि नै संस्कारलाई निरन्तरता दिन तथा निधार खाली नहोस् भन्नका लागि फुपूहरूको हातबाट टीका लगाउने गरेका छन् । 

पेसाले दन्त चिकित्सक रीतिका अधिकारी तिहारलाई उल्लासको पर्व मान्छिन् । तिहारमा सेल पकाउने, रंगोली भर्ने, माला उन्ने, देउसीभैलोमा सरिक हुने कुरामा उनलाई निकै फुर्ती आउँछ । सकेसम्म विभिन्न परिकार बनाउने काममा पनि आफै सहभागी हुन्छिन् । पाँच दिदीबहिनी भएकाले तिहारमा उनको घरमा रमाइलो जमघट हुन्छ । डा. रीतिका भन्छिन्–दाजुभाइ नभए पनि मौलिक संस्कृतिलाई निरन्तरता दिन एवं पारिवारिक सम्बन्ध अझ प्रगाढ बनाउन तिहार भव्य रूपमा मनाउँछौं । आफ्नै दाजुभाइ नभएकाले अरूलाई भाइटीका लगाइदिँदाको एउटा नमीठो अनुभव पनि उनीसँग छ । डा. अधिकारीका अनुसार दाइ मानेको व्यक्तिले दिनभर कुराएर टीका लगाउन नआएपछि उनी बेस्सरी रोएकी थिइन् । पछि उनलाई पश्चाताप भयो । दाजुभाइ नभएकी आफ्नी आमाले अरू कसैलाई भाइटीका नै नलगाई बिताएका यतिका वर्षको त्याग देखेर पनि मैले त्यही बाटो किन अपनाइन ? 

 Image