Successfully Copied

भित्तामा सपनाको रंग

रंगले जीवनमा विभिन्न किसिमले प्रभाव पारिरहेको हुन्छ किनभने यसभित्र एक किसिमको ऊर्जा हुन्छ । रंग प्रकृतिप्रदत्त उपहार हो जसद्वारा मानिसको रुचि–अरुचिका सम्बन्धमा जानकारी प्राप्त गर्न सकिन्छ । रंगको छनोटले मानिसको स्वभावसमेत झल्काउँछ । रंगले मानव जीवनमा विशेष भूमिका खेल्छ ।

रंगले जीवनमा विभिन्न किसिमले प्रभाव पारिरहेको हुन्छ किनभने यसभित्र एक किसिमको ऊर्जा हुन्छ । रंग प्रकृतिप्रदत्त उपहार हो जसद्वारा मानिसको रुचि–अरुचिका सम्बन्धमा जानकारी प्राप्त गर्न सकिन्छ । रंगको छनोटले मानिसको स्वभावसमेत झल्काउँछ । रंगले मानव जीवनमा विशेष भूमिका खेल्छ ।

केही वर्षअघिसम्म घरमा रंगरोगन गर्नु सामान्य मानिन्थ्यो । किनभने संभ्रान्तहरूका घरको भित्तामा मात्र राम्रो रंग लगाइन्थ्यो भने बजारमा उपलब्ध रंगहरू पनि कमै मात्र थिए । अहिले बढ्दो हाउजिङ–अपार्टमेन्ट संस्कृतिलगायत घर मानिसको जीवनको पहिलो प्राथमिकतामा पर्न थालेकाले रंगको बजार फराकिलो हुँदै गएको छ । त्यति मात्र होइन घर बनाइसकेपछि रंग सबैभन्दा मुख्य विषय हुन आउँछ । त्यसपछि मात्र इन्टेरियर–एक्सटेरियर डिजाइनको पालो आउँछ । अहिले सञ्चारमाध्यममले पनि रंगका सम्बन्धमा महत्वपूर्ण भूमिका खेलेका छन् । हलिउड, बलिउडका चलचित्र हुन् वा कार्यक्रम तिनमा आकर्षक रंगरोगन गरिएका घरले धेरैको ध्यानाकर्षण गर्छन् । 

भर्खरै नयाँ घर निर्माण गरिरहेका आकाशेधारा कपनका समीरजंग थापा घर फिनिसिङ नहुँदै कस्तो रंग लगाउने भनेर थुपै रंग पसलमा पुगिसकेका छन् । थापा भन्छन्–घर बनाउनुपूर्व नै रंगका बारेमा नसोचे घर बनाउनुको अर्थ रहँदैन । रंगले घरलाई सुन्दर रूप त दिन्छ नै यो घरको सुरक्षाका हिसाबले पनि भरपर्दो हुन्छ ।

रविभवनमा विगत १० वर्षदेखि रंगको व्यवसायमा संलग्न राजन लम्सालका अनुसार अहिले चहकिला भन्दा पनि एलिगेन्ट लुक्स दिने रंग बढी चलेका छन् । पछिल्लो समयमा आएर क्रेताहरू पनि रंगको गुणस्तर र ब्रान्डप्रति निकै सचेत देखिएका छन् । राजन भन्छन्–अहिलेका प्राय: ग्राहक मोबाइलमा विदेशी घरको फोटो लिएर यस्तै लुक्स आउने कलर चाहियो भन्छन् । हामी पनि माग पूरा गर्न कुनै कसर बाँकी राख्दैनौं ।

अहिले नेपाली बजारमा बर्जर, पशुपति, एसियन आदि रंगका ब्रान्ड लोकप्रिय मानिन्छन् । यी ब्रान्डका रंग दशकौंदेखि विश्वसनीय मानिँदै आएका छन् । यी ब्रान्डका ह्वाइट वेदरकोट, डिस्टेम्पर, लेमन ग्रिन, म्याट, चकलेट, मरुन रेड, लाइट एल्लो, पिंक आदि रंग बढी चल्तीमा छन् । पशुपति पेन्ट्सले पछिल्लो समयमा लक्जरिया कलर बजारमा ल्याएको बताउँदै पशुपति पेन्ट्सका अभिषेक भन्छन्–यो उच्च गुणस्तरीय त छ नै बढी टिकाउ र विशेष आकर्षण यसका थप विशेषता हुन् । पशुपति पेन्ट्सको लक्जरियाको प्रचार सामग्रीमा पूर्वमिस नेपाल सृष्टि श्रेष्ठ देखिन्छिन् । 

रंग कम्पनीहरू अहिले सामाजिक उत्तरदायित्वका साथ अघि बढेको देखिन्छन् । भारतीय ब्रान्ड नेरोल्याक गत वर्ष भारतीय अभिनेता शाहरुख खानलाई नेपाल ल्याउन सफल भयो । नेरोल्याकका ग्राहकले शाहरुख खानको हातबाट उपहार प्राप्त गरेपछि यो ब्रान्डप्रति क्रेताहरूको आकर्षण बढ्दो छ । भारतीय ब्रान्ड नेरोल्याक रंगहरूको संसारमा उच्च गुणस्तरीय, बढी टिकाउ तथा बढी भेराइटी भएको कम्पनी हो । 

बर्जरले वर्षौंदेखि सामाजिक काममा सहकार्य गर्दै आएको छ । बर्जरका रंगहरू अग्रस्थानमा रहेको बताउँदै कम्पनीका सिइओ साइबल घोष भन्छन्–बर्जरका उत्पादनले वर्षौंदेखि ग्राहकहरूको मन जित्दै आएका छन् । यो अग्रस्थानमा रहनु त्यसैको परिणाम हो । हामी व्यापार मात्र गर्दैनौं, सामाजिक उत्तरदायित्वका काममा समेत अग्रणी स्थानमा छौं । सेलिब्रेटिङ वुमनहुड (नवदेवी सम्मान) मा सहयोगी भूमिका निर्वाह गरिरहेको बर्जरका उत्पादनमा डिस्टेम्पर, इमल्सन, अन्डरकोट आदि रंग बढी बिक्री हुन्छन् भने अन्य सयौं भेराइटीका कलरका साथै दुई वा तीन रंग मिसाएर तयार पारिएको फरक लुक्स आउने कलर पनि सर्वाधिक रुचाइएको छ । 

स्पेशल इफेक्ट्स, इमल्सन, मेटल फिनिसेस, डिस्टेम्पर, एक्सटेरियर–इन्टेरियर पेन्ट्स, अन्डरकोट जस्ता पेन्ट्स वाटरप्रुफ अनि वर्षौं टिकाउ हुने घोषले बताए । 

रंग लगाउंदा ध्यान दिउँंm

–रंग लगाउनुपूर्व भित्तालाई सकेसम्म सफा पानीले पखालेर सफा बनाउनुपर्छ ।

–भान्सा, लिभिङ रुम तथा बेडरुममा कस्तो रंग लगाउने भनेर अलमलिनुभएको छ भने पहिले परीक्षण गरेर हेर्न सकिन्छ । 

–रंग लगाउनुअघि भित्तामा इमल्सन लगाउनुपर्छ ।

– बालबालिकाको कोठामा रंग लगाउँदा छोरीको भए पिंक तथा छोराको भए लाइट ब्लु रंग उपयुक्त हुन्छ ।

–कोठाभित्रको रंग हल्का रहनु उपयुक्त हुन्छ । 

–घरबाहिर रंग लगाउँदा बढी चहकिलो रंगको तुलनामा एलिगेन्ट्स लुक्स दिने भद्र रंग रोज्नुपर्छ ।

–रंग सुकिसकेपछि वेदरकोट लगाउँदा रंग वर्षौंसम्म टिक्छ ।

 

 Image