Successfully Copied

दशैंका लागि सफाइ

घरमा रहेको बिजुलीको स्वीच सबैले छुन्छन् । त्यसैले त्यसमा प्रशस्त फोहोर जम्मा हुन्छ । स्वास्थ्यका दृष्टिले स्वीच बोर्डको सफाइ आवश्यक छ । मुलायम कपडामा अलिकति ग्लास क्लिनर हालेर स्वीच बोर्ड सफा गर्न सकिन्छ । स्वीच बोर्ड पहेंलो तथा दानेदार देखियो भने अल्कोहल प्रयोग गर्नुपर्छ

आफ्नो घरलाई सफा तथा बेदाग बनाउन रसायनयुक्त सामान मात्र प्रयोगमा ल्याउनुपर्छ भन्ने छैन । घरायसी सामानहरू प्रयोग गरेर पनि घर सफा गर्न सकिन्छ । 

खिया लाग्दा 

अमोनिया घोलेर सुकेको कपडामा स्प्रे गरी खिया लागेको धारा, पाइप, सावर आदि सफा गर्नुपर्छ । त्यसपछि सफा कपडाले पुछेर एल्मुनियमको फाइलले रगड्न सकिन्छ । 

एल्मुनियम फाइललाई कोल्ड ड्रिंग्स वा सोडामा भिजाएर खिया लागेको ठाउँमा रगड्नुपर्छ । 

वेकिङ सोडा तथा भेनेगरको पेस्ट बनाएर खिया लागेको ठाउँमा प्रयोग गर्नुपर्छ । 

सफाइपछि कपडामा बेबी ओइल भिजाएर धारा पुछ्नुपर्छ । यसो गर्दा धाराको दाग हट्छ । 

छालाका सामान 

छालाका ब्याग, जुत्ता आदिलाई चिसोबाट जोगाउनुपर्छ । यस्ता सामग्रीमा समय–समयमा वाटरप्रुफ स्प्रे गर्नुपर्छ । छालाका सामानलाई भ्याकुम क्लिनरले पनि सफा गर्न सकिन्छ । 

वर्षामा छालाको जुत्ता लगाउनु हुँदैन । चिसो भयो भने त्यसलाई घाममा सुकाउनुको साटो कागजमा बेरेर राख्नुपर्छ । 

सुकेपछि त्यसलाई लेदर ब्रसले सफा गर्नुपर्छ । 

धूलो अधिक देखिए स्किटिङ टेप वा मास्किङ टेपले छाला सफा गर्नुपर्छ । 

स्वीच वोर्ड 

घरमा रहेको बिजुलीको स्वीच सबैले छुन्छन् । त्यसैले त्यसमा प्रशस्त फोहोर जम्मा हुन्छ । स्वास्थ्यका दृष्टिले स्वीच बोर्डको सफाइ आवश्यक छ । 

मुलायम कपडामा अलिकति ग्लास क्लिनर हालेर स्वीच बोर्ड सफा गर्न सकिन्छ ।

स्वीच बोर्ड पहेंलो तथा दानेदार देखियो भने अल्कोहल प्रयोग गर्नुपर्छ । 

खाना बनाएपछि फोहोर हातले स्वीच बोर्ड छुनुहुँदैन । 

टाइल्सको सफाइ

नियमित रूपमा टाइल्स सफा गर्नुपर्छ । यसो गर्दा टाइल्स सदैव चम्किलो रहन्छ । 

सफाइका लागि माइल्ड घोल तथा लिक्विड प्रयोगमा ल्याउनुपर्छ । 

मार्बलको दाग हटाउन 

आधा चम्चा क्याल्सियम कार्बोनेट पाउडरमा चार टेबुल स्पुन लिक्विड सोप घोलेर मार्बलमा हाली केही समयपछि पुछ्नुपर्छ । 

३ टेबुल चम्चा गुणस्तरीय क्लिनिङ पाउडर कागतीको रसमा मिसाएर मार्बल सफा गर्नुपर्छ । 

मार्बलमा स–साना प्वाल हुन्छन् । ती प्वाल समयमा सफा गरिएन भने दाग लामो समयसम्म रहन्छ । 

भ्याकुम क्लिनरको सफाइ 

भ्याकुम क्लिनर प्रयोग गरेर घरका हरेक कुनाका साथै पर्दा, सोफा आदि सफा गर्न सकिन्छ । अलग–अलग स्थानको सफाइका लागि भ्याकुम क्लिनरका विभिन्न भाग प्रयोग गर्नुपर्छ । 

भ्याकुम क्लिनरको टेलिस्कोपिक पोल रोलिङसम्म सजिलै पुग्छ । 

कुना–कुनामा जमेको धूलो निकाल्न अस्ट्रिच फेदर डस्टर प्रयोग गर्न सकिन्छ । 

माकुराको जालो सफा गर्न नरम ब्रस प्रयोग गर्नुपर्छ । यसले जालोका साथै भित्ता पनि सफा हुन्छ । 

आफ्नो हात पुग्न नसक्ने स्थानमा भ्याकुम क्लिनरको माइक्रोफाइबर डस्टर उपयोग गर्न सकिन्छ । 

सजिलो सफाइ टिप्स 

सिलिङ फ्यान सफा गर्नुभन्दा पहिले फ्यानमा जमेको धूलोलाई चिसो कपडाले सफा गर्नुपर्छ । फ्यानमा लागेको दाग सफा गर्न साबुनपानीको घोलमा स्पन्ज निचोरेर पुछ्नुपर्छ । सफाइ गर्दा बिजुली बन्द गर्नुपर्छ । 

माकुराको जालो ब्रसले सफा गरेर हटाउनुपर्छ । त्यसपछि पानीमा भेनेगर मिसाएर जालो भएको ठाउँ पुछ्नुपर्छ । 

कपडाको टुक्रालाई डिटरजेन्टको घोलमा भिजाएर एक्जस्ट फ्यानको ब्लेड सफा गर्नुपर्छ । ब्लेडमा बढी फोहोर जमेको छ भने डिटरजेन्टमा मटीतेल प्रयोग गर्न सकिन्छ । 

बाथरुमको सावर जाम भएको छ भने त्यसको माथिल्लो भाग खोली त्यसलाई सेतो भेनेगरको घोलमा डुबाएर रातभरि राख्नुपर्छ अनि भोलिपल्ट टुथब्रसले सफा गर्नुपर्छ । 

स्मार्ट सफाइ टिप्स 

घरका महँगा सामानहरूको सफाइ नियमित गर्नुपर्छ । 

कोठामा बढी सामान छन् भने पूरा कोठा सफा गरेर भित्ता एवं भुइँ सफा गर्नुपर्छ । 

भित्ता वा छतको दाग निकाल्न स्पन्जलाई  गुणस्तरीय क्लिनरमा डुबाएर दागमा रगड्नुपर्छ । 

सफाइका लागि मिल्ने सामग्री क्लिनर्स, वासिङ लिक्विड, पाउडर, साबुन, बाथरुम क्लिनर, ग्लास क्लिनर, मेटल–फ्लोर पोलिस, रुम फ्रेसनर तथा पेस्ट कन्ट्रोल आदिलाई अलग–अलग ठाउँमा राख्नुपर्छ । 

 

 Image