Successfully Copied

योजना पुरी, गायिका

गायिका याेजना पुरी संग गरेकाे तीजकाे सेराेपफेराेमा गरेकाे छाेटाे कुराकानी

योजना पुरी, गायिका

अहिल केमा व्यस्त हुनुहुन्छ ?

आफूले काम गर्ने रेडियो स्टेसन भूकम्पका कारण भत्किएकाले बन्द छ । त्यसैले अहिले विभिन्न अनलाइनमा समाचार लेख्नुका साथै गायनलाई पनि निरन्तरता दिँदैछु । 

यसपटक तीज गीत गाउनुभएको छ होइन ?

हो, सानैदेखि तीजका गीत गाउने रहर थियो, जुन यसपटक पूरा गरें ।

बाल्यकालमा सुनेर नाचेको कुनै तीज गीतको सम्झना छ ?

तीजको रहर आयो बरि लैमा धेरै पटक नाचियो । 

तीजको व्रत बस्नुहुन्छ ?

विगत दुई वर्षदेखि ।

तीजका कार्यक्रममा कत्तिको व्यस्त हुनुहुन्छ ?

पहिले महिनौं दिनअघिदेखि विभिन्न कार्यक्रममा गाउन बोलाइन्थ्यो, यसपटक त अझ तीजको गीत पनि गाएकाले कार्यक्रम धेरै नै छन् ।

तीजको दरमा मनपर्ने परिकार के हो ?

माछाको फ्राई र ग्रेभीसँग पुलाउ । 

हिजोआजको तीज मनाउने शैली कस्तो लाग्छ ?

महिलाहरूको पवित्र चाड तीज ईष्या र डाहाको जुवारी खेल्ने पर्वजस्तो लाग्न थालेको छ । यसरी नै अघि बढ्ने हो भने यो विकृतिपूर्ण पर्वमा परिणत हुनसक्छ ।

 Image