महिला बचतप्रति सजग भएका छन्
पछिल्लो समय नारीहरू आत्मनिर्भर हुँदै गएका छन् । बचत गर्नेप्रति उनीहरू सजग भएका छन् । आत्मनिर्भर भई आफैंले कमाएर बचत गरौं भन्ने सोचको विकास उनीहरूमा भइसकेको छ ।

हरेक व्यक्तिमा केही त्यस्तो खुबी हुन्छ जसले उसलाई विशेष अवसरका लागि परफेक्ट साबित गर्छ । मानिसले त्यही खुबीलाई निखार्नुपर्छ किनभने त्यसकै माध्यमबाट व्यक्तिले इच्छा गरेको खुसी एवं सफलता हासिल गरी सन्तुष्टि प्राप्त गर्न सक्छ ।
१. आफ्ना लागि आदर्श प्रोफेसनल वातावरण कस्तो हुन्छ ?
क) जहाँ आफू स्वयं तथा आफ्ना परिवारका लागि राम्रो आम्दानी हासिल गर्न सकिन्छ,
ख) जहाँ आफ्नो व्यक्तिगत प्रगति हुन्छ र आफ्नो क्षमताकै आधारमा सफलता हासिल हुन्छ,
ग) जहाँ कामका लागि समयको कुनै नियम हुँदैन र आफ्नै हिसाबले काम गर्न सकिन्छ,
घ) जहाँ आफ्नो उपलब्धिको पहिचान एवं सम्मान हुन्छ ।
२. कुनै पनि कम्पनीको विशेष कुरा जुन आफ्ना लागि महत्व राख्छ र आफूलाई लाग्छ कि आफ्नो परिवार र सन्तान पनि त्यसबाट परिचित हुन् ?
क) महिलालाई संसारभर नयाँ पहिचान दिलाउने प्रतिबद्धता,
ख) वैज्ञानिक अनुसन्धानका आधारमा तयार भएको उत्तम क्वालिटीको प्रोडक्ट,
ग) एउटा त्यस्तो व्यावसायिक योजना जसमा विश्वासका साथ परिवार तथा करियरलाई सन्तुलित गरेर राम्रो जीवन बिताउने चाहना,
घ) आफ्नो जीवनमा जे-जति प्राप्त भयो त्यसको सफलता र अनुभव अरूसित बाँड्नु ।
३. आफ्नो प्रोफेसनल जीवनमा सबैभन्दा महत्वपूर्ण कुरा ?
क) हरेक नयाँ चुनौतीमाथि विजय प्राप्त गर्नु,
ख) सफलताका लागि योजना,
ग) अरूलाई सहयोग गरी सन्तुष्टि प्राप्त गर्नु,
घ) मान, सम्मान र पहिचान ।
४. आजसम्मको अनुभव ?
क) लक्ष्य प्राप्ति,
ख) सफल व्यवसाय संचालन,
ग) एउटा त्यस्तो टिमको हिस्सा बन्नु जसले आफ्नो पहिचान कायम गरिसकेको छ ।
घ) आफूले सहयोग गरेका कुराहरूले स्वीकृति प्राप्त गर्नु ।
५. जब आफ्ना साथीहरूसित अन्तक्रिर्याको कुरा आउँछ तब.....
क) अगाडि बढेर जिम्मेवारी लिइन्छ र अरूलाई सफलतातर्फ अग्रसर गराइन्छ,
ख) आफूलाई आश्वस्त तुल्याइन्छ कि हरेक व्यक्तिले आफ्ना तर्फबाट राम्रो गर्ने प्रयास गर्छ,
ग) टिमको सफलताका लागि योगदान दिइन्छ,
घ) अरूलाई उत्साहित गरिन्छ र अघि बढ्न प्रेरित गरिन्छ ।
परिणाम
- यदि अधिकतर उत्तर 'क' छ भने तपाईं चुनौतीलाई स्वीकार गर्नुहुन्छ । तपाईंमा सफलताका लागि आवश्यक खुबी विद्यमान छ । तपाईं कुशल व्यवसायी हुनुहुन्छ किनभने तपाईं जिम्मेवारी सम्हाल्न सक्नुहुन्छ र अघि बढ्ने बाटो पहिल्याउन सक्नुहुन्छ । तपाईं नयाँ एवं रोमाञ्चपूर्ण अनुभव इन्जोय गर्न सक्नुहुन्छ ।
- अधिकतर उत्तर 'ख' छ भने तपाईंमा पर्याप्त खुबी छ र तपाईं योजनाबद्ध ढंगबाट काम गर्न सक्नुहुन्छ । तपाईंले सबै कुरा प्राप्त गर्न सक्नुहुन्छ । तपाईंसित सफलताको इतिहास छ । एक उद्यमीका रूपमा तपाईंले कुनै पनि कुरा हासिल गर्न सक्नुहुन्छ ।
- अधिकतर उत्तर 'ग' छ भने तपाईं अरूलाई सहयोग गर्न रुचाउनुहुन्छ र समस्याको हलसम्म पुग्न मन पराउनुहुन्छ । तपाईं आफ्नो परिवारलाई प्राथमिकता दिनुहुन्छ । एक व्यवसायीझैं तपाईं सजिलो र सहज सेड्युल चाहनुहुन्छ र कुशल व्यक्तिको योग्यता प्रयोग गर्ने अवसर चाहुनुहुन्छ ।
- अधिकतर उत्तर 'घ' छ भने तपाईंको व्यक्तित्व विशेष छ । तपाईंलाई थाहा छ कि अरूलाई कसरी प्रोत्साहित गर्नुपर्छ । तपाईं परफेक्ट उद्यमी बन्न सक्नुहुन्छ किनभने तपाईंमा सम्बन्ध कायम राख्ने तथा सिर्जनशीलतालाई अभिव्यक्ति गर्ने योग्यता छ ।