Successfully Copied

तपाईंमा कति शिष्टता छ ?

कसैलै गल्ती गरेको वा गलत कुरा बोलेको देख्दा वा सुन्दा हामी ती व्यक्तिको शिष्टतामाथि प्रश्नचिन्ह लगाउँछौं।

कसैलै गल्ती गरेको वा गलत कुरा बोलेको देख्दा वा सुन्दा हामी ती व्यक्तिको शिष्टतामाथि प्रश्नचिन्ह लगाउँछौं। सामाजिक व्यवहारमा शिष्टाचारको अहम् भूमिका हुने भएकाले यो गुण हरेक व्यक्तिमा हुनुपर्छ।

१.    तपाईं घरमा नभएको बेला कसैको फोन आएको सन्देश तपाईंलाई प्राप्त भए....

(क)    सन्देश पाउनेबित्तिकै कलब्याक गर्नुहुन्छ,

(ख)    ती व्यक्तिले फेरि फोन गरिहाल्छन् भन्ने सोचेर फोनको प्रतीक्षा गर्नुहुन्छ,

(ग)    ती व्यक्तिको फोनलाई अनावश्यक मान्नुहुन्छ।

२.    कसैसित कुराकानी गर्ने क्रममा उक्त व्यक्तिलाई केही भन्नुपर्ने अवस्था आए....

(क)    ती व्यक्तिको कुरा समाप्त हुने अवस्थाको प्रतीक्षा गर्नुहुन्छ,

(ख)    आफ्नो हाउभाउबाट छिट्टै कुराकानी समाप्त गर्ने प्रयास गर्नुहुन्छ,

(ग)    बीचमै आफ्नो कुरा राख्नुहुन्छ।

३.    बाटोमा आफूले चिनेको व्यक्तिलाई देखे....

(क)    दौडेर भेट्ने वा कुरा गर्ने प्रयास गर्नुहुन्छ,

(ख)    ती व्यक्ति स्वयं आएर आफूसित बोलून् भन्ने चाहना राख्नुहुन्छ,

(ग)    नदेखेझैं गरेर आफ्नो बाटो लाग्नुहुन्छ।

४.    तपाईंसित कसैले केही कुरा मागे....

(क)    तुरुन्तै दिनुहुन्छ,

(ख)    दिन चाहनुहुन्न, त्यसैले कुनै बहाना बनाउनुहुन्छ,

(ग)    माग्नेबित्तिकै अस्वीकार गर्नुहुन्छ।

५.    कसैसित लिएको कुनै वस्तु हराए वा टुटे-फुटे....

(क)    तुरुन्तै नयाँ खरिद गरेर सम्बन्धित व्यक्तिलाई फर्काउनुहुन्छ,

(ख)    क्षमा मागेर काम चलाउनुहुन्छ,

(ग)    केही कुरा कहिल्यै नलिएजस्तो गर्नुहुन्छ।

६.    पाहुना फर्कने बेला....

(क)    ढोकासम्म छोड्न जानुहुन्छ,

(ख)    पाहुना जानेबित्तिकै ढोका बन्द गर्नुहुन्छ,

(ग)    समय दुरुपयोग भयो भनी मनमनै गुनासो गर्नुहुन्छ।

७.    कसैको घर जाँदा....

(क)    फोनबाट सूचना गरेर मात्रै जानुहुन्छ,

(ख)    अगि्रम सूचनाबिना जानुहुन्छ, यो सम्झेर कि भेटे पनि ठीकै छ नभेटे पनि ठीकै छ,

(ग)    अकस्मात् पुग्नुहुन्छ।

८.    साथी-संगिनीले कतै जान आग्रह गरे भने....

(क)    खुसीपूर्वक जानुहुन्छ,

(ख)    अरुसित जान आग्रह गर्नुहुन्छ,

(ग)    कुनै बहाना बनाएर जानुहुन्न।    

९.    नोकरबाट काम गराउँदा....

(क)    प्रेमपूर्वक काम अह्राउनुहुन्छ,

(ख)    जस्तो छ ठीकै छ भनेर केही बोल्नुहुन्न,

(ग)    गाली गरेर काम अह्राउनुहुन्छ।

१०.    कुनै पाहुना घरमा आउने कुरा थाहा भए....

(क)    प्रसन्नतापूर्वक पाहुनाको प्रतीक्षा गर्नुहुन्छ,

(ख)    आफ्नो सुविधाअनुसार समय तालिका मिलाउनुहुन्छ,

(ग)    घरमा ताला लगाएर अन्तै हिँड्नुहुन्छ।

परिणाम

-    आफ्नो उत्तर 'क' श्रेणीमा पर्छ भने तपाईंमा शिष्टाचारको कमी छैन। तपाईं अरूलाई पनि सम्मान गर्नुहुन्छ र स्वयं पनि सम्मानकै पात्र बन्नुहुन्छ।

-    अधिकांश उत्तर 'ख' श्रेणीमा पर्छ भने तपाईं सामान्य हुनुहुन्छ। तपाईं व्यावहारिकता निभाउन जान्नुहुन्छ र समाज अनुकूल हुनुहुन्छ।

-    अधिकांश उत्तर

'ग' श्रेणीमा पर्छ भने तपाईंमा शिष्टाचारको कमी छ। गलत व्यवहारका कारण धेरैपटक तपाईंले आलोचनाको सामना गर्नुपर्छ। अतः तपाईंले आफ्नो सोच, व्यवहारमा परिवर्तन ल्याउनुपर्छ।

 Image