समाजमा हामीलाई हेर्ने नजर नराम्रो ।
चिताउँछन् कुभलो, के दोष छ र हाम्रो ?
भन्छन्–छोरी पढाऔं, छोरी बचाऔं
किन भन्दैनन्–छोरा पढाऔं, छोरा बचाऔं ।
दानवझैं नारीको लुछ्छौ जीवन
बस्छौ यही समाजमा भएझैं अञ्जान ।
खोज्छन् तिनका आमाबुवा न्याय जताततै
न्याय दिने तिनै हुन्छन्, सबै दानवझैं ।
निराश भई फर्कन्छन् हातमा केही नपाई
राख्छन् मनमा न्याय पाउने आशा सधैं ।
लुछी खाएको सपना फर्की आउँदैन
बलात्कारीलाई सजाय नदिएसम्मनारी शान्त बस्दैनन् ।
अन्यायको बेला यही आत्मा ज्वालाझैं बल्छ
यति भएन भने जीवन तिम्रो कसरी चल्छ?
दर्शना शर्मा पन्त
कक्षाः१०, जेम्स स्कुल, धापाखेल