अनु अनमोल क्षेत्री
बाल्यावस्थादेखि नै म राम्रो नृत्य गर्थें, अभिनयमा पनि रुचि थियो । यो मेरो ‘प्यासन’ नै थियो । म त्यही कला र शक्ति लिएरै हुर्किएँ । रुचिकै कारण म यो क्षेत्रमा प्रवेश गरेकी हुँ ।
सगरमाथा आरोहण गरेकी प्रथम महिला पत्रकार कल्पना महर्जनले विभिन्न खेलाडीलाई ‘क्लाइम्बिङ’ अभ्यास गराएकी छन् ।

काठमाडौं धुम्बाराहीस्थित पासाङ ल्हामू स्पोटर्स केन्द्रमाउनले उक्त अभ्यास गराएकी हुन् । उक्त अभ्यास एक सातासम्म चल्ने जनाइएको छ ।

तीजको अवसर पारेर ‘तीज अन दी वाल’ कार्यक्रमअन्तर्गत खेलाडीहरूलाई ‘क्लाइम्बिङ’ गराएको कल्पनाले बताइन् । ‘माउन्टेन एडभेन्सर सपोर्ट एकेडेमी’ ले ‘क्लाइम्बिङ’ खेललाई प्रवद्र्र्धन गर्ने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरेको हो ।