Successfully Copied

‘शिल्पाञ्जलि’ प्रदर्शन

काठमाडौंस्थित नेपाल आर्ट काउन्सिलमा हालै सपना खरेलको ‘शिल्पाञ्जलि’ कला प्रदर्शनी भयो । प्रदर्शनीमा उनले जापानी शैलीअनुसार पुष्प सजावट गर्ने कला प्रस्तुत गरिन् । प्रदर्शनीमा‘ओसिबाना’ र ‘चिगिरी–ई’ अन्तर्गतका कला राखिएको थियो ।

काठमाडौंस्थित नेपाल आर्ट काउन्सिलमा हालै सपना खरेलको ‘शिल्पाञ्जलि’ कला प्रदर्शनी भयो । प्रदर्शनीमा उनले जापानी शैलीअनुसार पुष्प सजावट गर्ने कला प्रस्तुत गरिन् । प्रदर्शनीमा‘ओसिबाना’ र ‘चिगिरी–ई’ अन्तर्गतका कला राखिएको थियो । ‘ओसिबाना’ अर्थात् प्रकृतिमा पाइने फूल र बोटबिरुवाका पात, डाँठ र हाँगालाई सुकाएर क्यानभासमा टाँसिएको चित्र र ‘चिगिरी–ई’ अर्थात् कागजलाई हातको सहायताले टुक्रा पारेर बनाइएको चित्र हो । 

सपनाले उक्त प्रदर्शनी पिताको पहिलो वार्षिक पुण्यतिथिको अवसर पारेर राखेको बताइन् । ‘नेपालमा मेरो यो पहिलो एकल कला प्रदर्शनी थियो,’ सानैदेखि फूलप्रेमी रहेकी उनले भनिन्, ‘यो नेपालका लागि नौलो आर्ट हो ।’ जापानमा पाइने कागज र त्यहीँका फूलहरूबाट बनाइएको आर्टबाट कलाप्रेमीहरूले यसरी पनि आर्ट गर्न सकिने रहेछ भन्ने देखाउन उक्त प्रदर्शनी गरेको उनले बताइन् । 

सपनाका अनुसार यो कला बनाउँदा एकदमै सावधानी अपनाउनुपर्छ । ‘कागज च्यात्दा दायाँ हातले र बायाँ हातले च्यातेकोमा फरक रंगको सेड आउँछ,’ उनले थपिन्, ‘त्यसैगरी फूलहरू सुकाउँदा सिधै घाम पर्ने ठाउँमा सुकाउनु हुँदैन । यसले फूलहरूको प्राकृतिक रंग नष्ट हुन सक्छ ।’उनका अनुसार यसरी सुकाएको फूललाई सावधानीपूर्वक फ्रेममा राख्नुपर्छ र त्यहाँ भएको हावा पूरै निकाल्नुपर्छ । यो आर्ट वर्षौंसम्म नबिग्रने उनको जिकिर छ । प्रदर्शनीमा बिक्री भएको कलाबाट प्राप्तरकम परोपकारी कार्यमा प्रयोग गर्ने उनले बताइन् । 

 Image