‘प्रतिबद्ध जोडी’
वैवाहिक सम्बन्ध मैत्रीपूर्ण बनाउन समानताको हिसाबले व्यवहार र सम्मान गर्नसक्नुपर्छ । सामाजिक कल्याणका लागि पनि त्यहाँबाट लगानी हुनुपर्छ ।
यस वर्षका ‘मिस नेपाल वर्ल्ड’, ‘मिस नेपाल अर्थ’ र ‘मिस नेपाल इन्टरनेसनल’ का विजेताहरूमा केही समानता पाइन्छ । तीनै जना सेन्ट जेभियर्स कलेजका पूर्वविद्यार्थी हुन् । ‘मिस नेपाल वर्ल्ड’ प्रियंका रानी जोशी कलेजकी बीए, ब्याच–२०१७ की विद्यार्थी हुन् । ‘मिस नेपाल अर्थ’ सरिशा श्रेष्ठ उक्त कलेजकी ‘प्लस टू’, ब्याच–२०१२ र ‘मिस नेपाल इन्टरनेसनल’ न्यान्सी खड्का ‘ए लेभल’, ब्याच–२०१४ की विद्यार्थी हुन् ।
यसैगरी, तीन शीर्ष उपाधि विजेता तीनैजना यसअघि पनि सौन्दर्य प्रतियोगितामा सहभागी भैसकेका छन् । शैक्षिक योग्यताका सम्बन्धमा पनि यी तीनै स्नातक हुन् । यी तीनै जना सुन्दरीको शारीरिक उचाइ समान रूपले पाँच फिट पाँच इन्च अग्लो छ भने उमेरले २४ वर्ष ।




तस्बिरहरू : महेश प्रधान