महिला सशक्तीकरणमा अर्जुन
नेपालमा कुटनीतिज्ञमध्येका एक हुन्– डा.अर्जुन कार्की । संखुवासभा खाँदबारीमा जन्मिएका कार्कीको बाल्यकाल महिला पात्रको सेरोफेरोमै बित्यो । मावली हजुरआमा, आमा र बहिनीहरूका माझ हुर्किएका उनको जीवनमा नारी शक्तिको बलियो प्रभाव छ ।

यस वर्षका ‘मिस नेपाल वर्ल्ड’, ‘मिस नेपाल अर्थ’ र ‘मिस नेपाल इन्टरनेसनल’ का विजेताहरूमा केही समानता पाइन्छ । तीनै जना सेन्ट जेभियर्स कलेजका पूर्वविद्यार्थी हुन् । ‘मिस नेपाल वर्ल्ड’ प्रियंका रानी जोशी कलेजकी बीए, ब्याच–२०१७ की विद्यार्थी हुन् । ‘मिस नेपाल अर्थ’ सरिशा श्रेष्ठ उक्त कलेजकी ‘प्लस टू’, ब्याच–२०१२ र ‘मिस नेपाल इन्टरनेसनल’ न्यान्सी खड्का ‘ए लेभल’, ब्याच–२०१४ की विद्यार्थी हुन् ।
यसैगरी, तीन शीर्ष उपाधि विजेता तीनैजना यसअघि पनि सौन्दर्य प्रतियोगितामा सहभागी भैसकेका छन् । शैक्षिक योग्यताका सम्बन्धमा पनि यी तीनै स्नातक हुन् । यी तीनै जना सुन्दरीको शारीरिक उचाइ समान रूपले पाँच फिट पाँच इन्च अग्लो छ भने उमेरले २४ वर्ष ।
तस्बिरहरू : महेश प्रधान