सन् १९९८ मा म‘सेन्ट फ्रान्सिस जेभियर यूनिभर्सिटी’ को ‘एक्सटेन्सन डिपार्टमेन्ट’ अन्तर्गत स्थापित ‘सीओएडीवाई इन्टरनेसनल क्यानाडा’ नामक संस्थामा अध्ययनरत थिएँ । मैले सामाजिक विकासमा लागेका व्यक्तिहरूले सामाजिक विकास विषयमा त्यहाँ पढ्ने व्यवस्था रहेको सुनेकी थिएँ । खोजी गरेपछि पत्ता लगाएँ र पत्राचार गरँे । म छानिएर छात्रवृत्ति पाएँ । यो छ महिनाको कोर्स रहेछ । मजस्ता धेरै नेपालीले संस्थाबाट अध्ययन गरिसकेका छन् । त्यसताका नेपालबाट हामी पाँचजना थियांै । साताको अन्तिममा विभिन्न देशबाट आएकाहरू आ–आफ्ना नागरिकसँगै बसी समूहमा आफै खाना बनाएर खाने व्यवस्था थियो । अरुबेला त्यही यूनिभर्सिटीको क्याफेमा खाना खान्थ्यौं । बस्ने होस्टल एक कुनामा, बीचमा खेल मैदान, स्वीमिङ पुल अनि अर्को छेउमा खाना खाने ठाउँ थियो ।
विश्वविद्यालयको हाताभरि मेरा छोराहरूको उमेरका विद्यार्थीहरूसँग खाना खाने समय एउटै हुन्थ्यो । ती पश्चिमा केटाकेटी हामीलाई आश्चर्यको भावले हेर्दथे–मानौं यी किन अध्ययन गर्न आएका होलान् ? एकपटक ती विद्यार्थीहरूका कक्षामा मलाई पनि मेरो कामको महिला बचत ऋण समूह र सामुदायिक विकासको अनुभव बताउन लगे । अनौपचारिक किसिमको कक्षामा विद्यार्थी आरामसँग कोकाकोला पिउँदै प्रवचन सुन्दा रहेछन् । अनौपचारिक कक्षाहरूमा त आरामसँग खुट्टा पसारेर लेक्च्ँर सुन्न पाइँदोरहेछ । मनमनै मलाई आश्चर्य पनि लाग्थ्यो । विभिन्न स्थानमा विभिन्न संस्कृति देखियो ।
क्यानाडामा केही समय अध्ययन गरेपछि मनमनै ममा पनि यताका मानिसकै शैलीमा यात्रा गर्ने विचार आयो । यही समयमा मलाई अटावा क्यानाडाको राजधानीबाट एक कार्यक्रममा निम्ता आयो । संस्थाले बल्लबल्ल चार दिनको बिदा दियो । त्यसपछि म नोभासक्कासियाबाट अटावा गएँ । कोडी कलेज भएको स्थानबाट पहिले हेलिफ्याक्स जानुपर्ने थियो ।
हेलिफ्याक्समा एयरपोर्ट होटलमा बास बस्नुपथ्र्यो । विमानबाट ओर्लेपछि मोटर कुर्न साना–साना काँचका घरमा बस्ने बेन्च राखिएका रहेछन् । म मोटर कुरिरहेको थिएँ । बाहिर चिसो थियो । होटलबाट गाडी आयो, त्यो महिलाले हाँकेकी रहिछन् । उनले मलाई पिकअप गरिन् । होटलको काउन्टरमा पुगेपछि मलाई सोधियो, ‘लगेज आफै कोठामा लिएर जाने कि हामीले ल्याइदिए हुन्छ ।’ मैले भनें, ‘ल्याइदिए हुन्छ ।’
होटलमा पुगेर सबैले सामान पठाइदिने भने मैले पनि त्यसै गरेँ । अरूले जे गर्थे, म पनि त्यही गर्थें । बाहिरबाट पो पश्चिमा रहनसहनको कपडा लगाएको थिएँ । पश्चिमा जस्तो देखिएर यात्रा गर्दा सहज होला भनिठानेको मात्र थिए“ । तर, म त नेपालीकदको महिला थिएँ । त्यतातिरका महिलाको जस्तो निर्धक्क सामाजिकीकरण भएको होइन । पहिरन त पश्चिमा लगाएँ तर मेरो जन्मगत अनुहार र छालाको रंग त नेपाली र साउथ एसियननै थियो । मलाई एउटा एयरपोर्ट होटलमा बस्नु थियो, अर्को हवाईजहाजमा उड्न ।
नोभास्कोसियाबाट क्यानाडाको राजधानी ओटावा जानु थियो । क्यानाडामा सहरी भागभन्दा बाहिर अग्लोभन्दा पनि जमिनका कारण ५० कोठा भएका होटल पनि एकतले हुने रहेछन् ।
होटलको लवीबाट कोठामा पुग्नै पाँच मिनट लाग्ला जस्तो ठूलो होटल थियो । क्यानाडामा मैदानको दुःख नभएको ठाउँ रहेछ । राजधानीबाहिरका प्रान्तहरूमा अग्ला–अग्ला होटलभन्दा पनि फिँजारिएका भवनहरू पनि हुँदा रहेछन् । अब ओछ्यानमा पल्टिएर लगेज कहिले आउला भनेर पर्खिनुप¥यो । धेरै बेरपछि मेरो कोठाको ढोकामा ढकढकको आवाज सुनें । एक जना सातफिट अग्ला मानिस मेरो लगेज लिएर आएका रहेछन् । ढोका खोलेँ, देख्दै डर लाग्यो । मेरो कोठामा लगेज राखिदिएर गए । गर्न त केही गर्ने थिएनन् । तर, मेरो मन भने डरायो । किनकि नयाँ ठाउँ, नयाँ चालचलन । धन्यवाद भन्न पनि भुतुक्कै बिर्सिएँ ।
कोठामा लगेज ल्याउने मानिससँग डराउनेले आफै आफ्नो सामान ल्याएको भए त भइहाल्थ्यो । अब पश्चिमा शैलीको भएर भएन, सिको गरेर पनि भएनजस्तो लाग्यो ।
भोलिपल्ट नेपाली सारी लगाएँ र नेपाली ढाँचाकै भएँ । मानिसले पनि अर्कै भूगोल कि महिला रहेछन् भनेर राम्रो व्यवहार पनि गरे । मनमा डर पनि थिएन । पश्चिमा मुलुकभित्र एक्लै यात्रा गर्न पनि असहज भएन । अन्तर्राष्ट्रिय यात्रा भन्दा डोमेस्टिक यात्रा सजिलो भएन, किनकि चालचलन नयाँ थियो । काउन्टरमा व्यागेज पछि पठाइदिए पनि हुन्छ भनेर पहिला कोठामा गएँ । एक घण्टापछि सात फिट अग्लो मानिसले मेरो कोठा नक गरे र मेरो लगेज ल्याए । म पश्चिमा शैलीकी महिला हुन खोजे पनि त्यो संस्कृतिमा नभिजेकी हुँदा अलि–अलि तर्सिएँ ।
भोलिपल्ट मलाई ओटावा जान एयरपोर्ट जानु थियो । अब मलाई क्यानाडेलीजस्तो देखिएर नहुने रहेछ भन्ने लाग्यो । अनि नेपाली सारी लगाएँ । लबीमा ट्याक्सी कुरिरहेकी थिएँ । समय ढिला हुन लाग्यो । मसँगै एक अर्को जोडी पनि एयरपोर्ट जान लागेको देखेँ र ती महिलासँग ‘राइड’ मागेँ । यी महिला त नेपाली रहिछन्, हामीसँग ‘राइड’ मागिन् भनेर ती महिलाले उनका श्रीमान्लाई सोधिन् । र, मलाई‘राइड’ दिए । म जे हुँ त्यही रूपमा प्रस्तुत हुँदा मैलै सहयोग पाएर यात्रा सहज भयो ।