अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा जोन्टा क्लब अफ काठमाडौं ले ‘येलो रोज डे २०२६’ कार्यक्रम सम्पन्न गर्यो । क्लबले नारीत्व सम्मानित गर्दै विविध क्षेत्रका महिला, सामुदायिक अभियन्ता तथा युवाहरूलाई सम्मान गरेको छ ।
कार्यक्रममा नेपालका लागि श्रीलंकाकी राजदुत रुवान्थी देल्पिटिया मुख्य अतिथिका रूपमा सहभागी भएकी थिइन । उनले लैंगिक समानता र समावेशी विकासका लागि महिलाहरूले पु¥याएको योगदानको प्रशंसा गर्दै विभिन्न क्षेत्रमा योगदान पुर्याएका महिलालाई आफ्नै हात सम्मानपत्र तथा नगद पुस्कार हस्तान्तरण गरिन् । क्लबकी अध्यक्ष बिना रानाले ‘येलो रोज डे’ समुदायलाई रूपान्तरण गरिरहेका महिलाहरूको नेतृत्व र शक्तिको उत्सव भएको बताउंदै यस्ता पुस्कारले उत्प्रेरणा थप्ने र आफ्नो क्षेत्रमा अझै दृढ भएर लाग्नका लागि थप उर्जा र हौसला प्रदान गर्ने धारणा व्यक्त गरिन ।
पुरस्कार तथा छात्रवृत्ति
कार्यक्रममा विभिन्न क्षेत्रका उत्कृष्ट महिलाहरूलाई निम्न पुरस्कार तथा छात्रवृत्तिहरू प्रदान गरिएको थियो ः
प्रिन्सेस हेलन शाह इन्स्पिरेसनल अवार्डः डा. रेणु अधिकारी राजभण्डारी
अमर राणा गेम चेन्जर अवार्ड ः सिलसिला आचार्य
ज्योती छात्रबृत्ति
व्यावसायमा महिला ः डा. मनु कार्की
स्टिम ः साधना पन्थी
इन्द्रकला छात्रवृत्तिः
एमेलिया अर्थर स्कलरसिप – लुबिना शर्मा
युवा उद्यमी नेतृेत्वकर्ता छात्रबृत्ति – सुस्मिना थपलिया
राणा अम्बिका गुठी छात्रवृत्तिः
महेन्द्र भवन उच्च माध्यमिक विद्यालय
श्री सरस्वती मा.वि., घोराही, दाङ
श्री महेन्द्र मा.वि., धर्ना, दाङ
‘अनसङ्ग हिरोज’ सम्मान’
समुदायमा महत्वपूर्ण योगदान पु¥याएका महिलाहरूलाई स्ट्याण्डर्ड चाटर्ड बैंक नेपाल लिमिटेड ‘अनसङ्ग हिरोज’ अन्तर्गत सम्मान गरिएको थियो । सम्मानित हुनेहरूमा माला खरेल, बालकुमारी गिरी, पूजा बस्नेत र कल्पना महर्जन रहेका छन् ।
यसैगरी आ–आफ्ना क्षेत्रमार्फत सामाजिक योगदान पुर्याइरहेका विभिन्न क्षेत्रका महिलालाइ पनि विशेष सम्मानद्धारा सम्मानित गरिएको थियो । महिला सशक्तिकरण र लैंगिक समानताको अभियानमा साथ दिने निजी क्षेत्र, सञ्चारमाध्यम तथा विकास संस्थाका प्रतिनिधिहरूलाई गरिएको सम्मान समावेशितामा आधारित थियो । महिला सशक्तिकरण र लैंगिक समानतालाई अगाडि बढाउने जोन्टाको अभियानलाई निरन्तर साथ दिने निजी क्षेत्रका प्रतिनिधी, सञ्चारकर्मी, विकास संस्था तथा सार्वजनिक निकायका महिला नेत्री, व्यावसायिक महिला तथा सहयोगीहरूलाई विशेष सम्मान गरिएको थियो ।
सम्मानित हुनेहरूमाः
बिशाखा लक्ष्मी खड्का, निर्देशक (कर्पोरेट कम्युनिकेसन्स एण्ड सस्टेनेबिलिटी), एनसेल
अलिना राजभण्डारी, प्रमुख (कर्पोरेट अफेयर्स, ब्राण्ड एण्ड मार्केटिङ), स्ट्यान्डर्ड चार्टर्ड बैंक
प्रनिसा श्रेष्ठ, मुख्य प्रबन्धक (लायबिलिटी एण्ड एडीसी), जीईएसआई इनिसियटिभ्स लिड
डीएसपी पूर्णिमा चन्द, सातदोबाटो प्रहरी वृत्त
प्रज्ञा शाह कार्की, युनिसेफ
भावना शर्मा, सम्पादक, बिजमान्डु
लक्ष्मी भण्डारी, सहायक वरिष्ठ उप–सम्पादक, नारी म्यागजिन, कान्तिपुर मिडिया ग्रुप
अन्जु पौडेल, एभरेष्ट बैंक लिमिटेड