डब्लुडब्लुजेमा खड्काको नेतृत्वमा नयाँ कार्यसमिति
क्रियाशील पत्रकार महिला (डब्लुडब्लुजे) ले अध्यक्ष रामकला खड्काको नेतृत्वमा नयाँ कार्यसमीति चयन गरेको छ ।

फोटो पत्रकार प्रकाशचन्द्र तिमिल्सेनाले ‘बारपाक फोटो प्रदर्शनी २०२५’ गरेका छन् । प्रदर्शनीको उद्घाटन नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले गरेका थिए ।
भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डको डबलीमा सुरु भएको प्रदर्शनीमा भूकम्पको १० वर्षमा बारपाकमा परिवर्तन तथा पुननिर्माण गर्दाका चुनौतीहरुलाई दस्तावेजीकरण गरिएको तिमिल्सेनाले जानकारी दिए ।
२०७२ वैशाख १२ गते बारपाक केन्द्रविन्दु भएर गएको भूकम्पपछिको भयावह अवस्था, बारपाकको आर्थिक अवस्था तथा सामाजिक भोगाइस“ग सम्बन्धित ६० वटा फोटो प्रर्दशनीमा राखिएका छन् ।